कान्तिपुरका सहायक सम्पादक बलराम बानीयाँको शव फेला

मूलखबर संवाददाता
काठमाडौं, २८ साउन

सोमबारदेखि हराइरहेका कान्त्पिुर पत्रिकाका सहायक सम्पादक बलराम बानियाँको शव भेटिएको छ । उनको शव मकवानपुर सिस्नेरीमा फेला परेको हो । तनहुँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए।

उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएपछि प्रहरीले उनको खोजी कार्य जारी राखेकै बेला उनको शव भेटिएको खबर आएको हो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

बानियाँको शव मंगलबार भेटिएको तथ्य खुलेको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाका अनुसार उनको शव मंगलबार दिउँसो करिब साढे १ बजेतिर फेला परेको थियो।

भीमफेदी गाउँपालिका(८ स्थित मान्डु हाइड्रोपावरको ड्याममा च्यापिएको अवस्थामा स्थानीयले शव देखेका थिए।

ुबगाउँदै ल्याएको शव ड्यामका डन्डीहरूमा च्याप्पिएको अवस्थामा फेला परेको थियो। पानीको तह घट्दै गएपछि शव देखिएको थियो,ु डिएसपी रानाले सेतोपाटीसँग भने,ुशव देखेपछि स्थानीयले प्रहरी कार्यालयलाई सम्पर्क गरेका थिए।ु

मंगलबार नै जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको टोली खटिएको थियो। उक्त टोली भने टाढा भएको हुदाँ बेलुकीमात्रै घटनास्थल पुगेको थियो।

ुउनको शव स्थानीय प्रहरीले नै निकालेको थियो, इन्स्पेक्टरको टोलीले शव हेटौंडा ल्याएर आएको हो,’ उनले भने।

मंगलबार नै शव भेटिए पनि सनाखत भने भइसकेको थिएन। उनको शरिरमा लुगा नभएकाले प्रहरीलाई पहिचान गर्न कठिन भएको थियो।
कान्तिपुर दैनिकका सहायक सम्पादक बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।