देशैभर थपिँदै कोरोना संक्रमित, पर्सामा २२, गण्डकीमा ८ थपिए, उपत्यकामा दैनिक सय थपिँदै
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा तिब्र देखिएको छ । पछिल्ले अवधिमा दक्षीणी जिल्ल पर्साको विरगञ्ज र राजधानी उपत्यकामा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ ।
आज मात्रै आएको जानकारी अनुसार
पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ ।
संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचीमा छिन् ।
आइतबार राति संक्रमण पुष्टि भएकामध्ये मगनुस फर्मामा कार्यरत ३६ र ४० वर्षीय पुरुष तथा ४८ वर्षीया महिला छन् ।
पर्साको पोखरिया नगरपालिका १ का ५२ वर्षीय पुरुष, पोखरिया अस्पतालमा कार्यरत २५ वर्षीय चिकित्सक र २३ वर्षीय पुरुष तथा २२ वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ ।
छाती दुखेर पीसीआर गराउन गएका वीरगञ्ज ओम आश्रम श्रीपुरका १८ वर्षीय युवक र ज्वरो आएर पीसीआर गराएका वीरगञ्ज(२ छपकैयाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
वीरगञ्ज रेल्वेरोड बस्ने ५० वर्षीय पुरुष, वीरगञ्ज ११ श्रीपुरका २२ र २७ वर्षीय पुरुष तथा ५० वर्षीया महिलामा कोरोना देखिएको छ ।
वीरगञ्ज(१२ का ३५र३५ वर्षका पुरुष र महिला तथा वीरगञ्ज १६ नगवाका ५० वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २२, २९, २६ र ३५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । बारा घर भई वीरगञ्जको नारायणी अस्पतालको मेडिकल वार्डमा कार्यरत २० वर्षीया युवतीमा समेत कोरोना देखिएको छ ।
गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैडाकोटका ३२र३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७र४० वर्षका पुरुष र महिला रहेका छन् ।
यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।
नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा पनि कोरोना
विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।
जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो ।
त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।
संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।