सुनको भाउ बढेको बढ्यै, पुग्न लाग्यो लाख

मूलखबर संवाददाता
काठमाडौं, १५ साउन ।

नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।  चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।