नेपालमा कोरोना : संक्रमण दर घट्दै, मृत्यु बढ्दै
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभड १९ को संक्रमणको दर केही दिन यता कम भएको दावी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अघि एकै दिन ७ सय बढिमा संक्रमण पष्टि भएको थियो ।
यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।
तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
नेपालका बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो देखिएको पनि तथ्यहरुले पुष्टि गरेका छन् ।
काठमाण्डू उपत्यकामा ुतीन वर्गका सङ्क्रमित देखिएका र कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी स्वास्थ्य मन्त्रालयले गरेको छ ।
अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।
मङ्गलवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।