प्रचण्डसहित नेकपाका ३ शिर्ष नेताकाे राष्ट्रपतिसँग भेटमा के भयाे ?

मूलखबर संवाददाता
काठमाडौं

नेकपा अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियाेगकाे दुस्प्रचार पार्टी एकता भाँड्न गरिएको षड्यन्त्र भएकाे जानकारी गराएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डसहितका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधव नेपाल शीतल निवास गएका हुन् ।

प्रचण्ड पक्षले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले लगाइरहेका बेला यसबारे प्रष्ट पार्न प्रचण्ड सहितका नेताहरु शीतल निवास पुगेका थिए ।

नेकपाकाे विवाद उत्कर्षमा पुगेका बेला हुन लागेकाे भेटमा नेताहरूले सहमति कायम गराउन राष्ट्रपतिसँग अाग्रह गर्ने बताइएकाे थियाे ।

नेताहरूले अाफुहरू पार्टी एकताको पक्षमा भएको र त्यसका लागि प्रधानमन्त्री अाेलीकाे उदासिनता देखिएकाे बताएका थिए ।

उनीहरूले राष्ट्रपतिलाई विवादमा अाउने काम नगर्न र राष्ट्रकाे अभिभावककाे भुमिका निर्वाह गर्न अाग्रह गरेका प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।