नेकपा स्थायी समिति बैठक फेरि बालुवाटारमा

मूलखबर संवाददाता
काठमाडौं

सत्तारूढ दल नेकपा कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटिको बैठक पुनः शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान केहीबेर सञ्चालन भएर केहीबेर स्थगित भएको सो बैठक पुनः शुरु भएको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ । पार्टी अध्यक्ष प्रचण्डले केहिबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्कनु भएपछि बैठक पुन शुरु भएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार विष्णुप्रसाद सापकोटाका अनुसार स्थायी समिति बैठकमा संसदकाे बजेट अधिवेशन हठात् अन्त्य गरेकाे विषय र सरकारकाे समिक्षामा केन्द्रीत हुने बताईएकाे छ ।