कोरोना : विश्वभर करोड नाघे संक्रमित, नेपालका सबै जिल्ला प्रभावित
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वभर करोड बढी संक्रमित भएका छन् । पछिल्लो आँकडा अनुसार हालसम्म विश्वभर १ करोड ८० हजार संक्रमित भएका छन् भने ५ लाख वढिको मृत्यु भएको छ । त्यसैगरी संक्रमित मध्ये ५४ लाख ५७ हजार उपचारपछि निको भएको जानकारी वल्डोमिटरमा अपडेट गरिएको छ । त्यसरी हेर्दा ४१ लाख बढि एक्टिभ केस देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकामा मात्रै २५ लाख बढि संक्रमित मध्ये १ लाख २८ हजार बढिको मृत्यु भएको जनाएको छ । ज्यान गुमाउनेमा ब्राजिल दोश्रो स्थानमा रहेको जहाँ ५७हजार बढिले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा पनि ५ लाख ३० हजार बढि संक्रमित हुँदा १६ हजार बढिले ज्यान गुमाएका छन् । मेक्सकिोमा ६ सय २ जनाले २४ घण्टामा ज्यान गुमाएका छन् ।
नेपालका शनिाबार सम्म सबै ७७ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।
स्वासथ्य मनत्रालयले मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको बताएको छ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।
थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।
त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालका मुलुकका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । यस्तै १ सय ३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म २८ सय ३४ जना निको भएर घर फर्केका छन् भने ज्इान गुमाउनेको संख्या २८ पुगेको छ ।