संविधान संशोधनको स्वागतमा देशभर खुशियाली र दिपावली

मूलखबर संवाददाता
काठमाडौं, ३१ जेठ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले नया नक्सालाइ संवैधानिक मान्यता दिलाउन निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाउँदै दिपावली गरिएको हो।

यस अघि भारतले अतिक्रमण गरी उपयोग गर्दै आएको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको थियो ।

संविधान संशोधनको सवागतमा उपत्यकाको माइतिघर मण्डला लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका थिए। प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए।

सत्तारुढ दल नेकपाका भातृ संगठनका कार्यकताहरुले सडकमा नेपालको नयाँ नक्सा र झण्डा बनाई दिपावली गरेरका थिए ।