यसरी आउँदैछ एक महिनामा एसईईको रिजल्ट

मूलखबर संवाददाता
काठमाडौं, ३० जेठ ।

विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङनको विवरण पठाउनुपर्ने छ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधि अनुसार नतिजा प्रकाशन गर्ने छ ।
विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ ।

यद्यपी महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने उनले बताए ।

अहिले तीन हजार भन्दा बढी विद्यालयहरु क्वारेन्टिनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी २ महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बताए ।
मन्त्री पोखरेलले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसईई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणिकरण भएर नतिजा प्रकाशन हुने बताए ।