लकडाउन खुकुलो पार्न उपत्यकाका तीनै जिल्लाका सिडिओको सिफारिस, अब यी क्षेत्र खुल्छन

मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम गर्न भनी सरकारले जारी गरेको लकडाउनले ७२ दिन पुरा गरीसक्दा पनि सरकारले उचित विकल्प नदिएको भन्दै उद्योगी व्यवसायीहरुले आवाज उठाइरहेका बेला काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन प्रमूखहरुले लकडाउन खुकुलो गर्नुपर्ने सिफारिस गरेका छन् ।

राजधानीमा उद्योगीरव्यवसायीले लकडाउन अवज्ञा गर्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख तथा जिल्ला समन्वय समितिको आकस्मिक संयुक्त बैठक बसेको थियो ।

विद्यालय, विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभारसम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।

तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ ।
तीनवटै प्रशासनका तर्फबाट पारित भएको निर्णय अनुमोदनका लागि गृह मन्त्रालयमार्फत सीसीएमसी र उच्च्सतरीय समितिमा पठाइएको छ ।

चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योगरकलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योगरकलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन् ।

प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
हिजो मात्रै प्रधानमन्त्रीले आयोजना गरेको विज्ञहरुसहितको बैठकमा पनि लकडाउनको मोडल परिवर्तन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका थिए ।