शंसोधन नगरी एमसिसी पारित हुन्न

मूलखबर संवाददाता
काठमाडौं, १७ जेठ ।

नेकपाका अधिकांश केन्द्रीय सचिवालय सदस्यहरुले शंसोधन नगरी एमसिसी पारित हुन नसक्ने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेब गौतम, प्रबक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले शंसोधन विना एमसिसी पारीत नहुने स्पष्ट पारेका हुन् ।

पार्टीको केन्द्रीय समिति बैठकबाट एमसिसी अध्ययन कार्यदल बनाएको र सो कार्यदलले शंसोधन गनरेर मात्रै एमसिसी कार्यान्वयन गर्न सुझाव दिएको कुरा स्मरण गराउँदै सो नगरी पारित गर्न नहुने उनीहरुको माग गरेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी ओलीले जसरी पनि एमसिसी पारित गर्ने बताइरहेका बेला उनीहरुको यस्तो धारणा आएको हो ।

पार्टीमा असहमति हुँदा हुँदै सरकारको नीति तथा कार्यक्रममा र बजेटमा समेत एमसिसी कार्यान्वयनको कुरा आएपछि सत्तारुढ दल नेकामा एमसिसीको विषयमा तिब्र विवाद छ ।
बजेटमा समेत अनुसुचिमा राखेर एमसिसीको सहयोग उल्लेख गरेपछि आज नेकपाको सचिवालय बैठक आयोजना गरिएको छ ।