उपराष्ट्रपतिलाई नयाँ नक्सा : `ऐतिहासिक र गाैरवपूर्ण´-उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले लिम्पियाधुरा, कालापानी सहितकाे नयाँ नक्सा सार्वजनिक गौरवपूर्ण र ऐतिहासिक निर्णय भएको बताउँदै त्यसका लागि सरकारलाई धन्यवाद दिनुभएकाे छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा प्रदान गरेपछि साे धारणा व्यक्त गर्नुभएको हाे ।
शुक्रबार साँझ उपराष्ट्रपति भवन, हरितगृहमा माननीय मन्त्रीले नेपालको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सम्माननीय उपराष्ट्रपतिलाई प्रदान गर्नुभएको हो ।
सो अवसरमा सम्माननीय उपराष्ट्रपतिले नेपाली जनताका लागि गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि सरकारलाई धन्यवाद दिनुभयो ।