उपत्यकामा ५ सहित मंगलबार थपिए नयाँ ३२ जना, अहिलेसम्म जम्मा ४ सय २ संक्रमित
विश्वव्यापी महामारीको रुपमा विस्तार भइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा दिनहुँ बढिरहेको छ । मंगलबार मात्रै उपत्यकामा ५ नयाँ संक्रमित सँगै देशभर ३२ जनामा कोरोना भाइरस (कोभि-(१९)को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै धनकुटामा ५ थप नयाँ संक्रमित थपिएका छन् छन् । केही दिनअघि संक्रमण पुष्टि भएकी जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुमा कन्ट्रयाक्ट ट्रेसिङ गरी परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार झापाका ९ जना, मोरङ र सुनसरीका एकरएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कूल संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
लमजुङका संक्रमित जिल्लामा नरहेको र काठमाडौं महानगरपालिका वडा नं १६ बनस्थलिमा बस्ने ३ वर्षीय बालक रहेको पुष्टि भएको छ ।
थपिएका अन्य कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमण ३६ जिल्लामा पुगेको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना रहेका छन् ।