म भन्दा राष्ट्रकाे सुरक्षा ठूलाे हाे, सुरक्षाकर्मी लैजाऊ : श्रेष्ठ
सत्तारूढ दल नेकपाका प्रवक्ता तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले अाफू भन्दा राष्ट्रकाे सुरक्षाकाे प्रश्मान चिन्तित भएको बताउँदै अाफ्नाे सुरक्षाका लागि दिइएको सुरक्षाकर्मी फिर्ता लैजान अनुराेध गरेका छन् ।
भारतीय अतिक्रमणकाे कडा विराेधमा उत्रिएका श्रेष्ठले ट्वीट गर्दै भनेका छन् -`म भन्दा राष्ट्र ठूलाे हाे´। उनले अाफुले मागेकाे नभइ निर्वाचनको बेला राज्यले नै उपलव्ध गराएकाे सुरक्षा संयन्त्र भएको स्पष्ट पारेका छन् । उनले अाफुलाई सुरक्षा खतरा नभएको पनि बताएका छन् ।
उनलेे लेखेका छन् – मैले आफूलाई सुरक्षा खतरा महशुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ,’ श्रेष्ठले भनेका छन्, ‘त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ। यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना।’
ब श्रेष्ठले ट्वीट गर्दै चुनाव अघिदेखि सशस्त्रले सुरक्षा दिँदै आएको उल्लेख गर्दै लेखेका छन् –
‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरूदेखि नै लिइनँ। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ,’ उनले भनेका छन्, ‘तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।
श्रेष्ठले सरकारबाट हटेपछि सरकारी गाडि र सुविधा छाडेर सार्वजनिक यातायात प्रयाेग गरेका थिए ।