नेपाल बुद्धिजीवी संगठनद्वारा भारतीय हस्तक्षेपकारी कदमको भत्र्सना
नेपाल बुद्धिजीवी संगठनले भारतले लिपुलेकसम्मको नेपाली भूमिभित्र करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको भन्दै उक्त हस्तक्षेपकारी कार्यको निन्दा एवं भत्र्सना गरेको छ ।
सत्तारुढ नेकपा निकट संगठनका केन्द्रीय संयोजक दिनेशचन्द्र देवकोटा र सह संयोजक कृष्ण केसीले विज्ञप्ति जारी गरी विरोध गरेका हुन् । विज्ञप्तिमा भनिएको छ –‘दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.–१ को गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती खडा गरेको छ ।’
त्यसैगरी उनीहरुले सिमा समस्या समाधान गर्न सरकारले राष्ट्रिय एकताको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गरी आवश्यक पहल लिन पनि आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ – राष्ट्रिय स्वाभिमानका पक्षमा देशभित्र देखिएको अभूतपूर्व राष्ट्रिय एकताको बलमा अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चबाट सीमा समस्याको समाधान गर्न राष्ट्रिय एकताको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गरी आवश्यक पहल लिन नेपाल बुद्धिजीवी संगठन सरकारसँग हार्दिक अपील गर्दछ ।
विज्ञप्तिको पूर्ण पाठ
प्रेस विज्ञप्ति
दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.–१ को गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती खडा गरेको छ । नेपाल बुद्धिजीवी संगठन भारत सरकारको उक्त हस्तक्षेपकारी कार्यको निन्दा एवं भत्र्सना गर्दछ ।
हामी असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका आधारमा छिमेकीहरुसँग पारस्पारिक सम्वन्ध स्थापित गर्न चाहन्छौं, त्यसका विपरित कुनै पनि राष्ट्रले स्वतन्त्र राष्ट्रको स्वाभिमानमाथि गर्ने हस्तक्षेप हाम्रा लागि मान्य हुन सक्दैन । हाम्रो संगठन सीमा सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका आधारमा भारत सरकारसँग उच्च तहमा कुटनीतिक सम्वादमार्फत् मिचिएको नेपाली भूमि फिर्ता गर्न, सीमा क्षेत्रमा यथोचित सुरक्षाको प्रबन्ध गर्न, सीमा क्षेत्रका नेपाली नागरिकहरुको सम्पत्ति र स्वाभिमानको पूर्ण प्रत्याभूति गर्न, नेपाली भूमिभित्र अवैधानिक पूर्वाधार निर्माणको कार्य रोक्न र प्रबुद्ध समूहद्वारा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गर्दछ ।
अन्त्यमा, राष्ट्रिय स्वाभिमानका पक्षमा देशभित्र देखिएको अभूतपूर्व राष्ट्रिय एकताको बलमा अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चबाट सीमा समस्याको समाधान गर्न राष्ट्रिय एकताको प्रतिनिधित्व हुने गरी संयन्त्र निर्माण गरी आवश्यक पहल लिन नेपाल बुद्धिजीवी संगठन सरकारसँग हार्दिक अपील गर्दछ ।
मिति ः २८ वैशाख, २०७७