काेराेनाविरूद्व लड्न अनेमसंघकाे अपील, संयम हाेअाैं, सरकारकाे नियम पालना गराैं

मूलखबर संवाददाता
काठमाडौं

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले काेराेना भाइरस कनेभिड १९ काे राेकथाम र नियन्त्रणका लागि नेपाल सरकारले घाेषणा  गरेको सम्पूर्ण योजनाहरुलाई गम्भीरतापूर्वक पालना गर्न आव्हान गरेको छ।

अनेमसंघकी संयोजक अमृता थापाले मंगलबार एक विज्ञप्ति  जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) को यस गम्भीर परिस्थितिमा सम्पूर्ण नागरिकहरुलाई जिम्मेवार बन्न आव्हान गर्नुभएकाेे ।

विज्ञप्तिमा काेराेनाविरूद्व एकजुट भएर संयमतासाथ लड्न अपिल गरिएको छ । उहाँले सरकारकाे घाेषणालाई अक्षरश पालना गर्न पनि अाम जनसमुदायलाई अपिल गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मी सुरक्षित रहि सत्य तथ्य समाचार सम्प्रेषण गरौं, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मान गरौं, स्वास्थ्यकर्मी र विज्ञहरुको स्वास्थ्य सम्बन्धी जानकारीलाई आत्मसाथ गर्दै घरमै बसी परिवारको शारिरीक प्रतिरोधी क्षमता (Immunity power) बढाउन तत्पर, सर्तक र आफू पनि स्वस्थ रहौं।’

उक्त विज्ञप्तिमा सिंगो कोरोना विरुद्धको लडाईमा एकजुट भएर संघर्ष गर्न र विजयी बन्न  अपील गरिएको छ। आफनो छरछिमेकमा कोरोना सम्बन्धि गतिविधिका सूचनाहरु आफनो स्थानीय सरकार वडा कार्यालयमा केन्द्रीत गर्न सहयोग गर्न अनुरोध गरिएको छ।

कोरोनाविरुद्धको कदमलाई थप प्रभावकारी ढंगले अगाडि बढाउन अनेमसंघले सरकारलाई आव्हान समेत गरेको छ। सबै घरपरिवारले कोभिड १९ विरुद्धको संघर्षको सम्पूर्ण नियम पालना गर्दै अरुलाई सहयोग गर्नुपर्नेमा विज्ञिप्तमा जोड दिइएको छ।

विज्ञप्तिमा लकडाउन अवधिलाई पुर्ण रूपमा पालना गरि घर बाहिर ननिस्कन अाग्रह गरिएको छ ।