देशभक्ति र सदाचारमा कहिल्यै पनि सम्झौता गरिन्न : सभामुख सापकोटा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १९ माघ ।
सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताउनुभएको छ ।

आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफुले त्यसमा कहिल्यैपनि सम्झौता गर्न नसक्ने बताउनु भएको हो । ‘‘देश भक्ति र सदाचारमा म सम्झौता गर्ने छैन् । कुनै हालतमा पनि दुईवटा मेरो जिन्दगीका सबैभन्दा मुख्य कुरा हुन देश भक्ति र सदाचार ।’’

उहाँले भन्नुभयो । उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण व्यवस्थापिका संसदको महत्वपूर्ण कार्य भएकाले त्यस तर्फ आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘अहिले हाम्रो राष्ट्रको कार्यभारको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण थलो जननिर्वाचित सर्वोच्च संस्था व्यवस्थापिका सदन त्यसको मुख्य कार्यभार भनेकै लोकतन्त्रको विकास विस्तार र सुदृढिकरण हो भन्ने मलाई लाग्छ कुनै समस्या छन भने पनि त्यसको विकास, विस्तार र सुदृढिकरण गरेर नै हामी त्यो समस्याको साधान गर्न सक्छौं ।’’ उहाँले संसदलाई प्रभावकारी बनाउनु सबै सांसदहरुको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

बैठकमा सांसद माधवकुमार नेपाले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउन भूमिका खेल्नुभएका व्यक्ति सभामुख बन्नुभएको भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘‘सबै आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउनका लागि भूमिका खेल्नुभएको छ । जसले यो पदको गरिमा र महत्वलाई राम्ररी महसुस गनर््ुभएइको छ त्यसले कसरी मुलुकमा सुशासन प्रदान गर्ने काममा संसदको महत्वपूर्ण भूमिका खेल्न सक्दछ, कसरी सरकारलाई बाटो देखाउन सक्दछ, कसरी मुलुकको गरिमाको रक्षा गर्न सक्दछ, कसरी आम जनताको हकहितको निम्ति हामी सबैलाई मिलेर अघि बढ्नकालागि अभिप्रेरित गर्ने काममा भूमिका खेल्न सक्दछ, त्यो सबै हिसाबले महत्वपूर्ण थलो रहेको प्रतिनिधि सभा र त्यो प्रतिनिधिसभाको अत्यन्तै सम्मानित उच्चतम पद सभामुखमा उहाँ सर्वसम्मति नै भन्नुपर्दछ त्यस रुपमा उहाँ निर्वाचित हुनुभएको छ कसैको कुनै प्रतिपक्षको समेत पनि विरोध रहेन यो खुशिको कुरा हो यो उहाँको व्यक्तित्वको सम्मान पनि हो उहाँको भूमिका प्रतिको आशा अपेक्षा पनि हो ।’’

सांसद दिव्यमणि राजभण्डारीले जनताको सेवा गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति सभामुख चयन हुनुभएको भन्दै संसदको गरिमालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘‘छोटो समय भएपनि करिब १८ महिना समितिमा सँगै काम गर्दा विभिन्न पटक अन्तरकृया गर्दाखेरी उहाँमा देखिएको आन्दोलनबाट, क्रान्तिबाट आएका उपलब्धीहरु जनताले भोग्नुपर्छ खालि नेताले मात्र होइन र कसरी जनताको सेवा गर्नुपर्छ भन्ने भावना उहाँमा मैले देखेको छु । अवस्यपनि यी सबै भावनाको कारणले उहाँ सभामुख हुनुभएको बेलामा केही न केही जनताले चाँहि पाउने छन भन्ने मेरो आशा छ र मैले आफुले देखेको र सोचेको अनुसार अहिले हामी चल्न नसकेको कारणले गर्दा कसरी यसलाई चलाउनुपर्छ भन्ने कुरामा सभामुख लाग्नु हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’’

सांसद भिमवहादुर रावलले लोकतान्त्रीक मान्यता र उपलब्धीलाई रक्षा गर्ने र देशलाई समृद्ध बनाउने पक्षमा सभामुखको भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘‘नवनिर्वाचित सभामुख माननिय अग्नि प्रसाद सापकोटाले जहिले पनि यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राष्ट्रिय हितलाई सर्वोपरि राख्ने जनताले आन्दोलनबाट स्थापित गरेको लोकतान्त्रिक मान्यता र उपलब्धिलाई रक्षा गर्ने र त्यसलाई समृद्ध बनाउने आगामि दिनहरुमा नेपालको भविश्य झनै उच्यालो होस भनेर निरन्तर यसमा चिन्तनशिल, कृयाशिल र चिन्तित रहेको मैले पाए । यस्तो व्यक्ति प्रतिनिधि सभाको सभामुख पदमा रहदा वहाले खेल्न पाउने, खेल्न सक्ने भूमिकाबाट अघि मैले चर्चा गरेको दिशा तर्फ निरन्तर अगाडी बढिरहने छ भन्ने विश्वास गरेको छु ।’’

सभामुख सापकोटा यसअघि संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुनुहन्थ्यो । त्यसैले समितिले आफ्नो सदस्य सभामुखमा निर्वाचित भएपछि आइतबार बधाई तथा शुभकामना दिन बैठक बोलाएको थियो । सापकोटा यही माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।