गायीका आस्थाद्धारा प्रहरी समक्ष आत्मसमर्पण्, कानूनी प्रक्रिया अगाडि बढाउछौं : प्रहरी
प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोगमा मुद्धा दायर भएकी गायीका आस्था राउत आफैं प्रहरीसमक्ष पुगेकी छीन् । प्रहरीले फरार सूचीमा राखेको समाचार सार्वजनीक भएपछि राउत आफैं सोमबार विहान टेकुस्थित प्रहरी प्रभाग पुगेकी हुन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन् । उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन् ।