के के छन् आज काठमाडौंमा हुने कार्यक्रमहरु ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, १३ माघ ।

आज माघ १३ गते सोमबार । काठमाडौँमा आज सभामुखको सपथ ग्रहण, नेकपा सम्बद्ध आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता घोषणा तथा सपथ ग्रहण देखि कोरोना भाइरस नियन्त्रणको लागि सरकारी तयारीको विषयमा छलफल सम्मका कार्यक्रमहरु आयोजना गरिएका छन् ।

आज हुने केहि कार्यक्रमहरुको जानकारी हेरौं

– पर्यटन मन्त्रालयको कोरना भाइरसले गर्ने सम्भावित असर र नियन्त्रणको
लागि पूर्व तयारीको बिषयमा सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम
मन्त्रालयको सभाहाल ८: ०० बजे
– बिधायन व्यवस्थापन समितिको बैठक बस्ने सिंहदरबार ९ :०० बजे
– सार्वजनिक व्यवस्थापन सम्वन्धी कोष तथा लेखा नियन्त्रकहरुको राष्ट्रिय
गोष्ठी  ९ : ३० बजे
– नवनिर्वाचित सभामुख अग्नी प्रसाद सापकोटाको सपथ ग्रहण कार्यक्रम शितल
निवास ११: ०० बजे
– अर्थ समितिको बैठक बस्ने सिंहदरबार ११ : ०० बजे
– बिकास तथा प्रविधि समितिको बैठक सिंहदरबार ११ : ०० बजे
– सार्वजनिक जग्गा पहिचान संरक्षणरअध्ययन बारे भएका कामकाज बारे जानकारी
दिन पत्रकार सम्मेलन भूमि व्यवस्था मन्त्रालय ११ : ०० बजे
-नेकपा सम्बद्ध आदिवासी जनजाति राष्ट्रिय महासंघबीच एकता घोषणा तथा
सपथ ग्रहण राष्ट्रिय सभा गृह १२ : ०० बजे
– नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्य समितिको बैठक केन्द्रीय
कार्यालय,सानेपा १:०० बजे
– अध्यागमन बिभागको नेपाली पोर्ट नामक अध्यागमन सुचना प्रणाली एवं
भौतिक सुधार सहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ कार्यक्रम
प्रम कार्यालय सिंहदरबार ३:३० बजे
– ए डिभिजन लिगमा महत्वपूर्ण २ खेल
नेपाल प्रहरी र सशष्त्र प्रहरीको टीम बीच प्रतिस्पर्धा रंगशाला १२:०० बजे
मच्छिन्द्र क्लब र थ्री स्टार क्लब बीच प्रतिस्पर्धा रंगशाला ३:०० बजे