यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रिमालका रमाइला र पेचिला रचना. जव तिमी आउँछौ नि दिल द्वार खुल्छ यो मनमा एउटा भिन्दै आकाङ्क्षा झुल्छ तिमी आउँदा मीठो धून बज्छ छातिमा त्यही धून पछ्याएर करोडौँ फूल फुल्छ ।. ### मन यहीँ बस्छ भने देह घुमेर के मुटुमा प्यार छैन वदन चुमेर के क्यान्सर जस्तै छ यो मायाको संसार भोगिएको अर्कै देखिएको गुमेर के ।. ####. उसको मनमा सुटुक्क उनी बसिन् रे हेर्दाहेर्दै अनायास मायाले कसिन् रे आशामा बाँच्नेहरू त हजारौँ थिए नि बाँकिका चैं नयनबाटै तप्प झरिन् रे ।. ###. निद नलाग्दा यो रात भयङ्कर हुन्छ दशा लाग्दा प्रीय वात भयङ्कर हुन्छ अविश्वास जन्मियो आफ्नै मनमा भने आफन्तकै पनि साथ भयङ्कर हुन्छ ।. ###. घाम छोप्छ र धर्तीमा वादल रजाइँ गर्छ जाडोले नि किन गरीबकै बदख्वाइँ गर्छ महलबाट त न्यानो महक पोखियो उता सडकपेटीमा बच्चो पो क्वाइँ क्वाइँ गर्छ. ###. बजाई रहेछु युगौँदेखि बाजा जगाई रहेछु बनाएर साझा । अझै देश आज हराएसरि भो कतै काग मात्र कराएसरि भो ।।. ###. थर्थरी काँप्दैछ मण्डला कथा नसोध धर्धरी रुँदैछ्न् किसान ब्यथा नसोध पसिनाको मोल लिन धर्ना बस्नुपर्छ यो हो कि त्यो लुटेराको भदा नसोध ।. ###. सलाम छ हे नेपाल आमा तिमीलाई धरा सुत आएको छ पुज्न जिमीलाई ।. जति माथि चढे पनि तिमी अझ माथि धरणीको ख्याल गरौँ मिलिजुली साथी ।।.
रिमालका रमाइला र पेचिला रचना
कृष्णदेव रिमाल
काठमाडौं
जव तिमी आउँछौ नि दिल द्वार खुल्छ
यो मनमा एउटा भिन्दै आकाङ्क्षा झुल्छ
तिमी आउँदा मीठो धून बज्छ छातिमा
त्यही धून पछ्याएर करोडौँ फूल फुल्छ ।
###
मन यहीँ बस्छ भने देह घुमेर के
मुटुमा प्यार छैन वदन चुमेर के
क्यान्सर जस्तै छ यो मायाको संसार
भोगिएको अर्कै देखिएको गुमेर के ।
####
उसको मनमा सुटुक्क उनी बसिन् रे
हेर्दाहेर्दै अनायास मायाले कसिन् रे
आशामा बाँच्नेहरू त हजारौँ थिए नि
बाँकिका चैं नयनबाटै तप्प झरिन् रे ।
###
निद नलाग्दा यो रात भयङ्कर हुन्छ
दशा लाग्दा प्रीय वात भयङ्कर हुन्छ
अविश्वास जन्मियो आफ्नै मनमा भने
आफन्तकै पनि साथ भयङ्कर हुन्छ ।
###
घाम छोप्छ र धर्तीमा वादल रजाइँ गर्छ
जाडोले नि किन गरीबकै बदख्वाइँ गर्छ
महलबाट त न्यानो महक पोखियो उता
सडकपेटीमा बच्चो पो क्वाइँ क्वाइँ गर्छ
###
बजाई रहेछु युगौँदेखि बाजा
जगाई रहेछु बनाएर साझा ।
अझै देश आज हराएसरि भो
कतै काग मात्र कराएसरि भो ।।
###
थर्थरी काँप्दैछ मण्डला कथा नसोध
धर्धरी रुँदैछ्न् किसान ब्यथा नसोध
पसिनाको मोल लिन धर्ना बस्नुपर्छ
यो हो कि त्यो लुटेराको भदा नसोध ।
###
सलाम छ हे नेपाल आमा तिमीलाई
धरा सुत आएको छ पुज्न जिमीलाई ।
जति माथि चढे पनि तिमी अझ माथि
धरणीको ख्याल गरौँ मिलिजुली साथी ।।