यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
अमेरिका इरान विवादबारे यसाे भन्याे नेपालले. मूलखबर संवाददाता काठमाडौं, पछिल्लो समय अमेरिका-इरानबीच चुलिएको तनावबारे नेपालले धारणा सार्वजनिक गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले तनावलाई थप नबढाउन र यो क्षेत्रको शान्ति सुरक्षा र स्थायित्वलाई खतरामा नपार्न दुबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।. नेपालले कुनै पनि विवादलाई शान्तिपूर्ण रूपमा टुंग्याउनुपर्ने आफ्नो पूरानो मान्यता पनि दोहोर्याएको छ।. यसैबीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायतका विषयहरूमा नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधिसँग बैठक गरेका छन्।.