तमु ल्हाेसारले नेपाली पहिचान स्थापित गराअाेस् : प्रचण्ड
सत्तारूढ दल नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु ल्हाेसारले नेपालकाे पहिचान स्थापित गराअाेस् भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।
तमु ल्हाेछारकाे अवसरमा मंगलबार शुभकामना वक्तव्य जारि गर्दै प्रचण्डले यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनााउने बताउनुभएकाे हाेे ।
प्रचण्डको वक्तव्यमा भनिएको छ –
तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार/ल्होसार–२०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ । सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् ।
राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्नती र समृद्धि निर्भर रहेको हुन्छ । यस्ता मौलिक चाडपर्वहरुले नेपालीहरु बीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँदछ ।
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता हो ।
यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१५ पुष, २०७६
…………………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष