यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, आगामी बैठक १६ पुसमा. मूलखबर संवाददाता काठमाडौं, ११ पुस । संघीय संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ ।. शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ ।. सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”. शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो । बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो ।.
प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, आगामी बैठक १६ पुसमा
मूलखबर संवाददाता
काठमाडौं, ११ पुस ।
संघीय संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ ।
शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ ।
सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”
शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो । बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो ।