नेकपा राजपा सहमतिले प्रदेश २ मा तरंग, फेरिएला सरकार ?

मूलखबर संवाददाता
जनकपुर, ४ पुस ।

राष्ट्रिय सभाको निर्वाचनलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको सहमतिपछि प्रदेश २ मा सत्ता समीकरण बदल्ने चर्चा शुरु भएको छ । विकासका सबालमा कमजोर सावित भइरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बदल्नुपर्ने माग बीच यो चर्चा शुरु भएको छ ।

प्रदेश २ मा कुल १०७ मध्ये नेकपा ३३ , समाजवादी पार्टी २९, राजपा २५,नेपाली काँग्रेस १९ र नेपाल समाजवादी पार्टीको १ सीट रहेको छ । नेकपा र राजपा मिल्दा ५८ सीट हुनेछ । सत्ता समीकरणका लागि प्रयाप्त सीट रहेको छ । अहिले प्रदेश २ मा राजपाको सहभागिता र समर्थनमा समाजवादी पार्टीका मुख्यमन्त्री छन् । प्रदेश २ को सरकार र केन्द्र सरकारबीच बेलाबखत विवाद उत्पन्न हुने गरेका छन् ।

प्रदेश सरकारले क्षेत्राधिकारको विषयलाई लिएर केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ । संघीयता कार्यान्वयनको चरणमै रहेको समयमा केन्द्र सरकारसँग खटपट गरिरहेको विषय नेकपाको नेतृत्व र सिंहदरबारले मन पराएको छैन । मुख्यमन्त्री लालबावु राउतले केन्द्र सरकारविरुद्ध बेलाबखत आगो ओकल्ने गरेका छन् ।

नेकपा धनुषाका प्रभावशाली नेता लक्ष्मीनारायण भगतले विहान समाजिक सञ्जालमा एउटा भविष्वाणी पोष्ट गरेका छन् । सो पोष्टमा लेखिएको छ राष्ट्रिय सभा निर्वाचन पछि नेकपा सरकारको मन्त्री मण्डलवाट उपेन्द्र यादवलाई हटाई प्रदेश २ मा नयाँ समीकरण हुनेछ । प्रदेश २ को विकासका लागि पनि यो नै एकमात्र विकल्प रहेको उनले बताए ।

पत्रकार वीरेन्द्र रमणले समाजिक सञ्जालमा लेखेका छन राजपा र नेकपा बिचको नयाँ सहमतिले राउत सरकार संकटमा पर्ने सम्भावना बढियो ।
समाजिक सञ्जालमा चर्चा मात्रै रहेछ की यसको यर्थातासंग पनि तालमेल केही देखिरहनु भएको छ रु मधेश मामिलाका जानकार डा। राजेश अहिराजले समीकरण त जस्तो पनि बन्न सक्छ संकेत गर्छन् । निशेष रेग्मी भन्नेले समाजिक सञ्जालमा लेखेका छन राजनीतिमा न त कोई स्थायी शत्रु न त कोई स्थायी मित्र हुन्छ त्यकारण समीकरण जुनवेला पनि परिवर्तन भइरहन्छ ।

राजपाका प्रभावशाली नेता राजु चौधरीले धेरैले अनुमान गर्न थाले अब प्रदेश २ मा राजपा नेकपा को संयुक्त सरकार छिटै बन्दैछ तर अलि जल्दबाजी अनुमान हुने वताउनुहुन्छ । राजपा समाजवादी पार्टीको सरकार छ र रहिरहनु पर्छ उहाँको कथन रहेको छ ।
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्दै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी ९राजपा० र सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमतिले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ ।

२ बुँदे सहमतिको एउटा बुँदामा राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ का चारवटै सीटमा भागबण्डा गर्ने उल्लेख छ । अर्को बुँदा अलि अमूर्त छ– ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमितरूपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने ।’ राष्ट्रिय राजनीतिमा त अन्य राजनीतिक दलले पनि सहकार्य गरिरहेकै छन, यसलाई सहमतिको बुँदामा उल्लेख गरिनुले पनि नयाँ ध्रुविकरणको संकेत गरेको खबर राजधानीमा छ।