यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पौडेल निवास पुगेर देउवाले गरे सहमति प्रयास : भएन विवाद समाधान. पौडेल निवास पुगेर देउवाले गरे सहमति प्रयास: भएन विवाद समाधान. मूलखबर संवाददाता काठमाडौं प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा शनिबार बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो विषयका बारेमा शनिबार साँझसम्म दुवै पक्षका विवाद समाधानका लागि गठित वार्ता समितिबीच छलफल भई सहमति खोजिने प्रवक्ता शर्माले बताएपनि सहमति भने हुन सकेन । वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।. दुवै पक्षबीच सहमति नभएपनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो ।. बिहीबारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मङ्सिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८÷२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ ।. यसैगरी बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ । साथै उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।. काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर काँग्रेसमा विधानमा उल्लेखित एक वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद पाँच वर्ष पु¥याउने परम्परा रहेको देखिन्छ । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।. आजको बैठकपनि पौडेल पक्षले बहिष्कार गर्ने. यसैबीच आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने भएको छन् । शनिबार सभापति शेरबहादुर देउवा पौडेल निवासमै गएर छलफल गर्दा पनि सहमति नजुटेपछि पौडेल शनिबारै विराटनगर पुगेको जानकारी दिएका छन् । कांग्रेस नेता डा। मिनेन्द्र रिजालले शनिबारैै देउवा पक्षधर नेता तथा उपसभापति बिमलेन्द्र निधीसँग कुरा गरेका थिए । रिजाल र निधीबीचको कुराकानीमा पनि सहमति नजुटेपछि आफूहरुले आइतबारे बैठक बहिस्कार गर्न लागेको रिजालले जानकारी दिए । पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेको छ । देउवा भने प्रक्रिया पुर्याएर कार्यतालिका ल्याउने भनिरहेका छन् । तर विभिन्न भातृ संगठनभित्रको समस्या समाधान पहिला कि कार्यतालिका पहिला भन्नेमा कुरा मिलेको छैन ।. कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन् । ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन् । सभापति देउवाले अगाडी सारेको पार्टी विभाग गठनमा पनि पौडेलको असहमति रहेको छ । सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलले आरोप लगाएका छन् ।. बिहीबार बसेको केन्द्रीय समिति सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गरेका छन् भने आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुने तालिका रहेको छ । त्यस्तै भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले दुई मध्ये एक संस्थाको नेतृत्व आफ्नो पक्षले पाउनु पर्ने माग राखेको छ ।.
पौडेल निवास पुगेर देउवाले गरे सहमति प्रयास : भएन विवाद समाधान
मूलखबर संवाददाता
काठमाडौं
प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा शनिबार बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो विषयका बारेमा शनिबार साँझसम्म दुवै पक्षका विवाद समाधानका लागि गठित वार्ता समितिबीच छलफल भई सहमति खोजिने प्रवक्ता शर्माले बताएपनि सहमति भने हुन सकेन । वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।
दुवै पक्षबीच सहमति नभएपनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो ।
बिहीबारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मङ्सिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८÷२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ ।
यसैगरी बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ ।
साथै उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।
काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर काँग्रेसमा विधानमा उल्लेखित एक वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद पाँच वर्ष पु¥याउने परम्परा रहेको देखिन्छ । काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।
आजको बैठकपनि पौडेल पक्षले बहिष्कार गर्ने
यसैबीच आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने भएको छन् । शनिबार सभापति शेरबहादुर देउवा पौडेल निवासमै गएर छलफल गर्दा पनि सहमति नजुटेपछि पौडेल शनिबारै विराटनगर पुगेको जानकारी दिएका छन् । कांग्रेस नेता डा। मिनेन्द्र रिजालले शनिबारैै देउवा पक्षधर नेता तथा उपसभापति बिमलेन्द्र निधीसँग कुरा गरेका थिए । रिजाल र निधीबीचको कुराकानीमा पनि सहमति नजुटेपछि आफूहरुले आइतबारे बैठक बहिस्कार गर्न लागेको रिजालले जानकारी दिए ।
पौडेल पक्षले १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेको छ । देउवा भने प्रक्रिया पुर्याएर कार्यतालिका ल्याउने भनिरहेका छन् । तर विभिन्न भातृ संगठनभित्रको समस्या समाधान पहिला कि कार्यतालिका पहिला भन्नेमा कुरा मिलेको छैन ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कात्तिक मसान्तसम्म समायोजनको काम सक्ने र मंसिरमा महाधिवेशनको कार्यतालिका घोषणा गर्ने निर्णय गरेको थियो । पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन् । ‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन् ।
सभापति देउवाले अगाडी सारेको पार्टी विभाग गठनमा पनि पौडेलको असहमति रहेको छ । सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलले आरोप लगाएका छन् ।
बिहीबार बसेको केन्द्रीय समिति सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गरेका छन् भने आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुने तालिका रहेको छ । त्यस्तै भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले दुई मध्ये एक संस्थाको नेतृत्व आफ्नो पक्षले पाउनु पर्ने माग राखेको छ ।