एनअारएनलाई श्रमिकमैत्री बनाउन मेराे उम्मेदवारी : सुदिप कार्की

मूलखबर संवाददाता
काठमाडौं, २० असाेज

एनआरएनमा पैसा मात्र हैन, केही गर्ने भिजन र इच्छा शक्ति पनि चाहिन्छ । नेत्रित्व गर्ने क्षमता पनि चाहिन्छ । यही कुरालाई पुष्टी गर्न यसपालीको एनआरएनए आईसीसीमा युवा संयोजक पदमा मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

के एनआरएनमा बैदेशिक रोजगारीमा जाने निम्नस्तरका श्रमिकहरुको कुनै स्थान छैन ?

किन छैन ? छ । एनआरएनमा साधारण श्रमिकहरुको पनि उत्तिकै स्थान हुनुपर्दछ । चाहे त्यो मध्यपूर्ब होस् या मलेशिया, युरोप होस् या अमेरिका, क्यानाडा होस् या अस्ट्रेलिया, विश्वका सबै क्षेत्रका, कुनाकुनामा रहेका नेपाली श्रमिकहरुले पनि एनआरएनमा नेतृत्वदायी भूमिका निभाउन सक्छन् भन्ने प्रमाणित गर्न मेरो उम्मेदवारी हो ।

आउनुस् एनआरएनलाई श्रमिक मैत्री बनाऔं । समृद्ध नेपाल निर्माणको अभियानमा तपाईं र मेरो भुमिका उत्तिकै छ । तपाईंले बगाएको पसिना र मैले बगाएको पसिनाको कमाईको थोपा-थोपालाई एनआरएनको सामुहिक लगानीको प्लेटफर्ममा प्रयोग गरौ ।

यी सबै गर्न युवाहरुको नेत्रित्वदायी भूमिका उत्तिकै महत्वपूर्ण छ । अबको एनआरएन: युवाको एनआरएन ! तपाईं मलाई साथ दिनुस्: तपाईंले खोजेको एनआरएनए म बनाउनेछु ।

सुदीप कार्की
उम्मेदवार
युवा संयोजक (आईसीसी)