एनअारएनए युरोपेली क्षेत्रीय बैठक राेममा शुरू
राेम, १८ साउन –
गैरअावासिय नेपाली संघ युरोपेली १२ अाै क्षेत्रीय बैठक इटालीकाे राेममा शुरू भएको छ ।
नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकालकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रमकाे सभापतित्व युरोपेली क्षेत्रीय समितिका अध्यक्ष शिव वरूवालले गर्नुभएको छ ।
नेपालीका लागि नेपाली भन्ने नाराका साथ स्थापना भएको एनअारएनकाे युराेप क्षेत्रीय बैठककाे मुल नारा देश विकासको लागि लगानी र पर्यटनको प्रवर्द्धन रहेकाे छ ।
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता शशांक काेईराला पनि अतिथिका रूपमा सहभागि हुनुहुन्छ ।