जिल्ला समन्वय समिति अाेखलढुंगाले गर्यो हिनामिना

अाेखलढुंगा, १८ साउन –

जिल्ला समन्वय समिति ओखलढुंगाका सभापतिले करोडौं रूपैयाँ का समाग्रि हिनामिना गरेका छन् ।

SDC र LRIP लगाएतका सहयोगी संस्थाले गाउँपालिका र नगरपालिकालाई हिस्तान्तरण गर्नेगरी तारजालि ,खानेपानी पाईप ,कम्बल ,त्रिपाल र निर्माण सामाग्री ज्यवलहरू गरि करोडौं रूपैयाँका सामाग्ररी हस्तान्तरण गरिएको थियो तर ती कुनै पनि सामाग्री आज जिल्ला समन्वय समितिको कार्यलयमा पनि छैनन् र सम्बन्धित गाउँपालिका र नगरपालिकामा पनि पुगेका छैनन् ।

यस बिषयमामा जिल्ला समन्वय सिमितिका सभापति जय बहादूर श्रेष्ठलाई सेवाग्राहीले सोध्दा अाफुलााई केही पनि थाहा नभएको र जिल्ला बिकाश समन्वय अधिकारीलाई थाहा भएको बताउने गरेका र जिल्ला समन्वय अधिकारीलाई सोध्दा सभापतिलाई थाहा होला भन्दै पन्छिने गरेको पाईएको छ। तर जिल्ला समन्वय समितिका स्रोत मुताबिक तारजाली, पाईप,कम्बल ,त्रिपाल मात्र होइन टेबल क्रुशी समेत बेचेर खााईसकेकाछन् ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी ने .क.पाओखलढुंगा को मिति २०७४ श्रावण १६ गते बसेको जिल्ला सचिवालय बैठकले यश बिषयलाई गम्भीरतापूर्वक लिई घोर भ्रत्सना गरि ध्यानाकर्षण गर्ने र छानबिनको माग गर्ने सम्मको निर्णय गर्दै आजै जिल्ला प्रशासन ओखलढुंगालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।