कक्षा १२ को नतिजा आज आउँदै, पाँच बजे बोर्ड बैठक

काठमाडौं, १३ साउन

कक्षा १२ को परिक्षाको नतीजा आज आउँदैछ । राष्ट्रिय परीक्षा बोर्डले एसएलसीईको नतिजा आज सोमबार प्रकाशन गर्ने भएको हो।

बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ एसएलसिईको नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ।

नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो।

परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

हामीलाई सबै प्राविधिक काम सकिएको जानकारी सहित बैठकको खबर आएको छु ती सदस्यले भने, बोर्डले तयारी गरेको प्रकृयामा कुनै ठूलै समस्या नआएमा बेलुकासम्म नतिजा सार्वजनिक हुन सक्छ ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएका बोर्डले जनाएको छ । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा भएको थियो ।