डेढ किलो सुनसहित एक जना पक्राउ

काठमाडौैं,२२ वैशाख । हेटौडा-१७ रातोमाटेमा अबैध रुपमा निकासी गरी ल्याइएको डेढ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बुधबारको सुनको मूल्यअनुसार ७४ लाख २० हजार पाँच सय रुपैयाँ बराबरको सुन प्रहरीले बरामद गरेको हो । नियमित चेकिङ गर्ने क्रममा प्रहरीले डेढ किलोको सुनको पातासहित रौतहट जिल्ला गौर नगरपालिका-१३ बस्ने ३० वर्षका अर्जुन सिहलाई पक्राउ […]


बैतडीमा ६ वर्षीया बालिका बलात्कृत

काठमाडौं, २१ वैशाख  । बैतडीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको दक्षिणी तल्लो स्वराडकी ती बालिकालाई गाँउकै १६ वर्षीय किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घरमा कोही नभएको बेला काफल टिप्न जाउँ भन्दै घर नजिकैको जंगलमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताए। रगताम्य अवस्थामा घरमा पुगेकी ती बालिकाले घरमा आमालाई भनेपनि […]


सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने

काठमाडौ, २० बैशाख । सरकारले आगलागी पीडितलाई घर निर्माणका लागि जस्तापाता उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषदको  बैठकले आगलागीबाट घर पूर्णरुपले क्षति पुगेका पीडितहरूलाई प्रतिपरिवार ३६ गेजको दुई बन्डल जस्तापाता दिने निर्णय गरेको हो । सो निर्णय अनुसार मंसिर मसान्त यता आगलागीबाट पूर्णरुपमा घर क्षति भएकाहरुलाई जिल्ला दैविक प्रकोप उद्धार समितिमार्फत जस्ता उपलब्ध […]


कालिकाेट,१९ बैशाख ।कर्नाली राजमार्गको हुम्ला खण्ड जोड्ने खुलालु हिल्सा सडक खण्डमा झन्डै १४ करोड रुपैयाँमा बन्न लागेको खुलालु पुलको काम अहिलेसम्म पाँच प्रतिशतमै अड्किएको छ। २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमै निर्माण सकिनु पर्नेमा अहिलेसम्म पाँच प्रतिशतमात्रै सम्पन्न भएको छ। ठेकेदारको लापरबाहीका कारण राजमार्गका पुल निर्माण सुरु भएको ६ वर्षसम्म पनि बन्न नसकेको सडक […]


भूकम्प पीडितसँग सोमबारबाट अनुदान सम्झौता हुने

काठमाडौ, १७ बैशाख । भुकम्प प्रभावित ११ जिल्लाका पीडितहरुसँग सरकारी अनुदान उपलब्ध गराउने विषयमा आगामि सोमबारबाट सम्झौता हुने भएको छ । राष्ट्रिय पुनन्निर्माण प्राधिकरणले आगामी सोमबारदेखि ११ जिल्लाका भूकम्प पीडितसँग घर निर्माणकोलागि अनुदान सम्झौता गर्ने तयारी गरेको हो । भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका जिल्लामा घर बनाउनका लागि सरकारले अनुदान […]


सल्यानमा ४ को हत्या कसरी गरियो ?

काठमाडौं,१६ वैशाख । जिल्लाको छायाँ गाविस–९ रानागाउँमा मङ्गलबार राति एकै घरका तीन जनासहित चार व्यक्तिको हत्यामा भैँसी बाँध्ने किलाको प्रयोग भएको प्रहरी अनुसन्धानबाट पत्तालागेको छ । उक्त घटनामा संलग्न छायाँ गाविस–९ कै सञ्जय भारतीलाई प्रहरीले बुधबार पक्राउ गरेपछि सोधपुछका क्रममा सो कुरा खुलेको हो । भारतीले मादक पदार्थ सेवन गरी भैँसी बाँध्ने किलाले पालैपालो चारै […]


कक्षा १२ को परीक्षा २०७३ साल वैशाख २० गतेबाट शुरु

काठमाडौं, उच्च माध्यमिक शिक्षा परिषद्ले लिने  कक्षा १२ को परीक्षा २०७३ साल वैशाख २० गतेबाट शुरु हुने छ ।  परिषदको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्धारा  सार्वजनिक परीक्षाको समय तालिका अनुसार  कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक भएको छ । बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा जेठ १ गतेसम्म […]


सरकारले ट्राफिक जरिवानाको अनुपात ७५० प्रतिशतले बढायो

काठमाडौं, १६ बैसाख/ नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढेको छ । यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान परिमार्जन गर्दै सरकारले नियम मिच्ने चालकसँग असुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि गरेको हो । सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन […]


ससुराली गएर आगो लगाए ज्वाँईले

काठमााडौं, १४ बैशाख । दाङको रामपुरमा एक जनाले आफ्नो ससुराली घरमा आगो लगाइदिएका छन् । श्रीमतीसँगै ससुराली गएका घोराही-६ गिठेपानीका रामबहादुर बिकले सामान्य विवाद भएपछि घरमा आगो सल्काइदिएर भागेको प्रहरीले जनाएको छ । आगजनीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । क्षतिको एकिन विवरण लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । घरमा आगजनी गर्ने […]


हुम्लामा सिजनल फ्लुका कारण १४ जनाको मृत्यु

काठमाडौं,१३ वैशाख । हुम्लामा एक सातादेखि फैलिएको सिजनल फ्लुका कारण १४ जनाको ज्यान गएको छ । जिल्लाको राया र स्याँडा गाविसमा सिजनल फ्लुका कारणले १४ जनाको ज्यान गएको हो । गत सातादेखि फैलिएको रोगका कारण स्याँडा गाबिस वडा नं. ४ लामती बुढा, वडा नं. ६ भद्विर बुढा, वडा नं. ५ ढोली बुढा र वडा नं. […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का