चितवनमा दुर्घटना , एकजनाको मृत्यु

चितवन ,४ जेठ । चितवनको भरतपुरमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ज्यान गुमाउने र दुई जना घाइते एकै परिवारका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भरतपुरवाट नारायाणघाटका लागि छुटेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले विपरित दिशातर्फ जाँदै गरेका ग ४ प ३९१८ […]


चट्याङ लागेर दुईको मृत्यु, एक घाइते

काठमाडौँ,  ३  जेठ । चट्याङ लागेर तनहुँको काँहुशिवपुर गाविसमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । काँहुशिवपुर –७ का खेमराज रानाको घरमा चट्याङ पर्दा उहाँकी २० वर्षकी छोरी मौसमी रानाको ज्यान गएको र अर्की छोरी १८ वर्षकी गुलापी राना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै काँहुशिवपुर–५ मा चट्याङ पर्दा घरमा […]


ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते

डोटी, ३१  वैशाख । डोटीको बुडरमा ट्रकले सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा दुई जना प्रहरी घाइते भएका छन् । ना ६ ख २८३० नम्बरको ट्रकले ना १ झ १४९२ नम्बरको सशस्त्र प्रहरीको भ्यानलाई ठक्कर दिँदा प्रहरी जवान गणेश बोहरा र हवल्दार डाना सिराला घाइते भएका छन् । बुडरमा उपचार सम्भव नभएपछि घाइते दुवैजनालाई कैलाली पठाइएको प्रहरीले […]


ट्राफिक जरिवानाकोे नयाँ शुल्क शनिवारदेखि लागुु गरिने, न्युनतम ५ सय र बढीमा १५ सयसम्म

काठमाडौं, ३० बैसाख । ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना आगामी शनिबारदेखि लागू गरिने भएको छ। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक  कारबाहीमा पर्ने गरेका छन्। पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो […]


अन्तर्राष्ट्रिय नर्सिङ दिवस,सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था नर्सहरुको माग

काठमाडौं,३० वैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आज राजधानीमा बृहद् प्रभातफेरिको आयोजना गरिएको छ । सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको प्रभातफेरि थापाथली, त्रिपुरेश्वर, शहिदगेट, वीर अस्पताल हुँदै टुडिखेलको खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको छ । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो […]


शिक्षामन्त्रीकोे व्यस्तता,एकैैदिन ११ कार्यक्रममा सहभागी

काठमाडौैं,२९ वैैशाख । शिक्षामन्त्री गिरिराजमणि पोखरेल मंगलबार एकैदिन महोत्तरी र सर्लाहीमा ११ वटा औपचारिक कार्यक्रममा सहभागी भए । आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरे । बिहान ६ बजेदेखि अपराह्न दुई बजेसम्ममा मन्त्री पोखरेलले महोत्तरीमा सात र सर्लाहीमा एउटा गरी आठवटा विद्यालय भवनको शिलान्यास र उद्घाटन गरेका थिए । प्रहरी स्कर्टिङमा हिँड्दा ढिलो हुने भएपछि […]


अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला

काठमाडौ, २८ बैशाख । समनपुर गाविस–१ बस्ने ४५ वर्षीय अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वाग्मती नदीमा डुबेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो । पारिवारिक स्रोतका अनुसार सर्लाही जिल्लाको बरहथवामा रहेको खेती हेर्न गएका उनी राति नफर्केपछि खोजबिन गरिएको थियो । झा रौतहट क्षेत्र […]


सरकारको नीति तथा कार्यक्रमप्रति पत्रकार महासंघको असन्तुष्टि

काठमाडौं,२७ वैशाख । सरकारको नीति तथा कार्यक्रमप्रति नेपाल पत्रकार महासंघले असन्तुष्टि जनाएको छ । उसले सरकारले हिजोे सार्बजनिक गरेको कार्यक्रममा पत्रकार क्षमता अभिवृद्धिका लागि राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका , द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषय सरकारले नीति तथा कार्यक्रममा समाबेश नगरेको भन्दै असन्तुष्टी जनाएको हो […]


एनसेलको करछली प्रकरण संसदमा पुग्यो,गगनले दर्ता गरे प्रस्ताव

काठमाडौंं,  २४ वैशाख  । एनसेलको स्वामित्व हस्तान्तरण प्रक्रियामा कर नतिरेको विषय अब संसदमा दर्ता भएको छ ।नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले एनसेलको स्वामित्व हस्तान्तरणमा भएको कर छली प्रकरणबारे छलफलका लागि संसदमा जरुरी महत्वको प्रस्ताव दर्ता गरेका हुन्। उनले आज बसेको संसद बैठकमा एनसेलको करछली प्रकरणको प्रस्ताव दर्ता गरेका हुन् । थापाले टेलियासोनेराले […]


इतिहासमै पहिलो पटक चन्द्रेश्वरमा सार्वजनिक सुनुवाई

विमला अधिकारी लमजुङ्ग, बैशाख २२ जिल्लाको मध्ये पश्चिमी क्षेत्रमा पर्ने चन्द्रेश्वर गाविसमा इतिहासमै पहिलो पटक सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । सुशासन व्यवस्थापन तथा सञ्चालन नियामवली २०६५ को नियम १९ ले सरकारी कार्यलयहरुले वर्षमा तीन पटक सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने प्रावधान राखेको छ । तर चन्दे्रश्वर गाविसमा भने इतिहासमै पहिलो पटक बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का