झन थपिँदै संघमा कर्मचारी दरबन्दी, रहला त संघियता ?

काठमाडौं, २२ बैसाख- संघीय शासनको मर्मविपरीत संघीय सरकार (केन्द्र) को कर्मचारी दरबन्दी ४८ हजारबाट बढाएर ६० हजार पुयाउने खेल सुरु भएको छ ।  कर्मचारी समायोजन सकिएलगत्तै सरकारका विभिन्न मन्त्रालयका उच्च प्रशासनिक नेतृत्व र कर्मचारीहरूले आफूअनुकूल हुने गरी मन्त्रालयको दरबन्दी थप गर्न लबिङ थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।सरकारद्वारा गठित उच्चस्तरीय ओ […]


सामुदायिक विद्यालयमा छात्राहरूलाई नि:शुल्क सेनिटरी प्याड दिइने

काठमाडौँ, २१ वैशाख । देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्करूपमा उपलब्ध गराइने घोषणा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्दै सो घोषणा गर्नुभएको हो ।  सामान्यतया कक्षा ६ मा पुगेका छात्राको महिनावारी सुरु हुने गर्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार […]


लमजुङमा साढे ४ हजार सवारी कारबाहीमा, २९ लाख राजस्व संकलन

विमला अधिकारी, १९ बैशाख, लमजुङ । लमजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न खालका ट्राफिक नियम उलंघन गर्ने सवारीमाथि गरिएको ट्राफिक कारवाहीबाट २९ लाख २३ हजार राजश्व संकलन भएको छ । कारबाहीमा परेका ४ हजार ५ सय ५० सवारी साधनबाट यो रकम संकलन भएको हो । यो तथ्याङ्क २०७५ को श्रावण देखि चैतसम्म हो । […]


१३ वर्षिय बालिका हत्या आरोपमा परियार दम्पती पक्राउ

विमला अधिकारी, लमजुङ, १४ बैशाख – १३ वर्षिय बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले दोर्दी गाउँपालिका ३ श्रीमज्याङका परियार दम्पत्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी ३ श्रीमज्याङका ४५ वर्षिय राजकुमार परियार र उनकी श्रीमति जालु परियार रहेकि छन् । गत बैशाख ९ गते दिउँसो झुण्डिएको अवस्थामा बालिका फेला परेको भन्ने खवर पाएपछि घटनास्थल पुगेको […]


८४ वर्ष कटेका ३० जेष्ठ नागरिक सम्मानित

विमला अधिकारी, लमजुङ, १४ बैशाख – दोर्दी गाउँपालिका वडा नं. २ अर्चलबोटका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक समाज अर्चलबोटले शनिवार एक औपचारिक कार्यक्रमका बीच वडा भित्रका ८४ वर्ष उमेर माथिका ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समाजका सचिव रामप्रसाद पौडेलले बताउनुभयो । समाजले दोसल्ला र हर्लिक्स वितरण गरेर जेष्ठ नागरिकलाई सम्मान गरेको […]


कक्षा १२ को बोर्ड परीक्षा : ४ लाख २८ हजार ५२ विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं, १४ बैसाख । उच्च माध्यमिक शिक्षा अन्तरगतको कक्षा १२ को बोर्ड परीक्षा भोलीदेखि शुरु हुँदैछ । २०७६ को कक्षा १२ को अन्तिम परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले गराएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय […]


सोह्रौं शताव्दीको लमजुङ दरबार जीर्ण : कसरी गर्ने संरक्षण ?

लमजुङ, १२ वैशाख । सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ […]


प्राेत्साहन भत्ता नदिँदा फैसला कार्यान्वयनमा ढिलासुस्ती

काठमाडौंँ, १० वैशाख । फरार अपराधी पक्राउ गरे वापत् पाउने प्रोत्साहन भत्ताको बजेट विनियोजन नहुँदा न्यायालयको फैसला कार्यान्वयनमा समस्या देखिएको छ ।  फैसला कार्यान्वयन निर्देशनालयमा प्रोत्साहन भत्ता पाउन जिल्ला अदालत र प्रहरी कार्यालयबाट नियमित रूपमा पत्र आउने गरेको छ । तर बजेट नहुँदा निर्देशनालयले सर्वोच्च अदालत हुँदै अर्थ मन्त्रालयलाई बजेट निकासा गरिदिन पत्राचार गर्न बाहेकको […]


असिनाले अालु नष्ट, किसान मर्कामा

भक्तपुर, ८ बैसाख – अविरल वर्षा र असिनापानीले गर्दा आलु जोन भक्तपुरको ८० प्रतिशत आलु नस्ट भएको छ । विगत केहि दिन देखि परेको अविरल वर्षा संगै आएको असिना पानीले चाँगुनारायण नगरपालिका वडा नम्वर ८ र ९ को ८० प्रतिशत भन्दा बढि आलु नस्ट भएको हो । बैशाख १ गते देखि नै परेको अविरल वर्षा […]


बालविवाहकाे परिणाम : एउटै उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३ सय ७५ गर्भवती

दाङ, २७ चैत – तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छैन । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती भएका छन् । यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी