बिप्लव माओवादीका सिरहा इञ्चार्ज उदयपुरबाट पक्राउ

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले […]


पदाधिकारी चयनका लागि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । पदाधिकारी चयन गर्न नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बोलाइएको छ । बैठकले उपसभापति, महामन्त्री लगायत पदाधिकारी चयनको प्रयास गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यसअघि गत सोमबारका लागि बोलाईएको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले […]


सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनले गाडी ठप्प, सर्वसाधारण अलपत्र

सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनले गाडी ठप्प, सर्वसाधारण अलपत्र काठमाडौँ । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने पहल गरेपछि यातायात व्यवसायीहरुले आज सार्वजनिक यातायात ठप्प पारेका छन् । विभिन्न मागसहित सरकारी निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समितिले आज आ–आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्काएका हुन् । सडकमा सार्वजनिक यातायात नचलेपछि राजधानीमा आफ्नो […]


किन पुगिन् खानेपानी मन्त्री मगर प्रधानमन्त्री ओलीकहाँ ज्ञापन पत्र लिएर ?

काठमाडौं, २० बैसाख एकातिर मन्त्रालयको कामको चाप, अर्कातिर आफूले चुनाव जितेको जिल्लामा भारतीय सेनाको ज्यादतीले आतंकीत । खानेपानी मन्त्रीको रुपमा सूदूपश्चिमबाटै एक्ली मन्त्री बनेकी विना मगरलाई त्यस्तै भयो । कञ्चनपुरको पुनर्वास क्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले सिमा अतिक्रमण गरी नेपालपक्षमा लगाइएको तारबार नै तोडिदिएपनि स्थानिय वासी पीडित र आक्रोसीत छन् । सिंहदरबारमा मन्त्री मगरको मन्त्रालयमा […]


ओली-प्रचण्डबीचको बैठकमा सहमति जुट्न सकेन, आजै फेरी अर्को छलफल

काठमाडौं । पार्टी एकीकरणका विषयमा छलफलमा जुटेका एमाले अध्यक्ष एंवम प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान पार्टी एकतालाई अन्तिम रुप दिन छलफलमा जुटेका अध्यक्षद्धयले मिल्न बाँकी विषय टुङ्याउन सकेनन् । प्रचण्ड–ओलीको “वान टु वान”मा सहमति नजुटेपछि फेरी दिउँसो […]


आज विश्व प्रेस स्वतन्त्रता दिवस,पत्रकारले निकाले प्रभातफेरी

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी: मिडिया, न्याय र विधिको शासन’ भन्ने मूलनाराका साथ बबरमहलदेखि नयाँबानेश्वरसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीपछि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामा नै लेखिए पनि व्यवहारमा लागू नभएको बताए । नयाँ कानून […]


ओली र दाहालबीच बालुवाटारमा वार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँगको एकतामा अन्तिम बार्गेनिङ चलिरहेको बताएका छन्। आफूनिकट केही नेताहरूलाई ओलीले पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साह्रै बार्गेनिङ गरिरहेको बताएका हुन्। ‘प्रचण्ड साह्रै बार्गेनिङ गर्ने मान्छे रैछन, धेरै बार्गेनिङ गरिरहेका छन् तैपनि एकता त गर्नैपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक एमाले नेताले भने। दाहालले […]


पार्टी भित्रका मोर्चाहरुलाई एकताका लागि तयार रहन प्रचण्डको निर्देशन, भोलि एकताको मिति तय गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक बैठक बसेर एकताको मिति तय गर्ने बताएका छन् । पार्टी सचिवालयको आज बसेको बैठकमा एकताका लागि भईरहेका पछिल्ला छलफल र निश्कर्षबारे प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरेका हुन् । ‘एकतालाई सम्मानजनक र समानताका आधारमा बनाउने गरि भोलि दुई अध्यक्षद्वयको निर्णायक बैठक […]


एमाले र माओवादीको भिन्दाभिन्दै बैठक आज बस्दै

काठमाडौं । एकताको गृहकार्यमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठक आव्हान गरेका छन् । पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई चाहिँ अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, जहाँ एकताका विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले केन्द्रीय सचिवालयको […]


प्रतिशतमा हाेइन समानताका आधारमा एकता : पोखरेल

काठमाडौँ, १८ वैशाख / नेकपा (एमाले) का महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिशतका आधारमा नभई न्यायोचित सम्मान र समानताका आधारमा नेकपा (माओवादी केन्द्र) सँग चाँडै एकता हुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाई कार्यभार हस्तान्तरण समारोहमा आज महासचिव पोखरेलले आफूहरुले गरेका प्रतिबद्धतालाई कार्यान्वयनको परीक्षाको घडी आएकाले एकताबाट […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी