नेकपाकाे सचिवालय बैठक बालुवाटारमा

काठमाडौं, २२ असाेज । सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे छ । हिजाे अाइतबारकाे लागि तय भएकाे बैठक अध्यक्षहरूकाे कार्यव्यस्ताकाे कारण स्थगित गरि अाज विहान सारिएकाे थियाे । बैठकमा पार्टीको बाँकि एकता र सरकारकाे विषयमा छलफल गरिने बताईएकाे छ ।


कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, मिलाउला त नेविसंघकाे विवाद ?

काठमाडाैं, २१ असाेज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल हुने सो बैठकले विधान संशोधन मस्यौदा समितिको प्रगतिबारे जानकारी लिने र भातृ संगठन नेपाल विद्यार्थी संघको विधान टुंगो लगाउने बताइएको छ । कांग्रेस केन्द्रीय समितिले नेविसंघको विधान अनुमोदन नगर्न १२ औं महाधिवेशनको […]


नेकपा लमजुङ काठमाडौं सम्पर्क मञ्चको शुभकामना कार्यक्रम असोज २० मा

काठमाडौं, १९ असोज । सत्तारुढ नेकपा सम्वद्ध लमजुङ काठमाडौं सम्पर्क मञ्चले दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । वडा दशैं तथा दिपावली २०७५ को अवसरमा लमजुङबाट विभिन्न पेशा व्यवसाय गरी काठमाडौंमा रहेका जील्लावासीहरुबीच शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जनसम्पर्क मञ्चका सचिव तिर्थ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार नेकपा माओवादी […]


देउवाविरुद्ध मोर्चाबन्दी, पौडेलसहितका नेता संगठित

काठमाडौं, १८ असाेज ।सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् । पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू […]


देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

काठमाडौं, १७ असाेज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो । मुख्यमन्त्री […]


संसदको दोस्रो अधिवेशन अन्त्य

काठमाडौं, ११ असाेज । संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बिहीबार सकिएको छ । वैशाख २३ गते आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो । सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि संसद बैठक स्वतः अन्त्य भएको जानकारी गराएका हुन् । यस अवधिमा संसदले आफ्नो […]


शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं -प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’लाई अनुमोदन गरेको छ। उक्त सम्झौतालाई प्रतिनिधिसभाले सर्वसम्मतिले पास गरेको हो। शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथिको छलफलमा सहभागी हुदै सांसद खगराज अधिकारीले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव प्रसंसनीय रहेकाले नेपालले अनुमोदन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। सासंद प्रेम सुवालले शान्ति […]


परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरे । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुवै मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेको हो । उक्त अवसरमा दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । छलफलमा यसअघि दुवै मुलुकबीच भएका सम्झौताअनुसार सञ्चालन भएका विकास परियोजनालाई थप गति दिने सहमति भएको […]


उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे। उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँको स्वागतको लागि नेपाल सरकारका […]


अरिंगाल भन्दा उधुम भो, मौरीजस्तो मिलेर काम गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं। प्रतिक्रियाबादीविरुद्ध  अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्। आफ्ना स्वार्थ त्यागेर देशका स्वार्थ केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी