सद्भावना पार्टी वैशाखबाट आन्दोलन गर्ने

काठमाडौं, २४ चैत। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी वैशाखबाट सशक्त आन्दोलन गर्ने बताएका छन् । उनले आन्दोलनको स्वरुपबारे मधेसी मोर्चामा छलफल जारी रहेकोसमेत बताए । बुधबार वीरगन्जमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारलाई सहमतिका लागि बाध्य बनाउने गरी आन्दोलन गरिने दाबी गरे । सहज अवस्थामा पनि सरकारले सहमतिको प्रयास नगरेको आरोप लगाउँदै उनले मधेसी जनतालाई अधिकार […]


काँग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौं, २४ चैत। संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेताका लागि बिहान ११:०० बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा पहिलो मतदान रामेछापका सांसद् शिवबहादुर खड्काले गरेका थिए । काँग्रेसको १३औँ महाधिवेशनको सभापति पदमा जस्तै संसदीय दल नेताको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गरिरहेका छन् । काँग्रेसका […]


​बार एशोसिएशनको प्रारम्भिक मत परिणाम सार्वजनिक, प्रगतिशील र लोकतान्त्रिक समूहको कडा प्रतिष्पर्धा

काठमाडौं , २३ चैत । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल वार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक  मतपरिणाम सार्बजनिक गरिएको छ । प्रारम्भिक  मतपरिणाम अनुसार प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । अहिलेसम्मको मत परिणाम हेर्दा अधिकांशमा प्रगतिशील समूह अघि देखिएको छ भने लोकतान्त्रिक समूह पछि पछि दगुरीरहेको छ ।वारको केन्द्रीय […]


यस्तो छ कांग्रेसको दल नेता चयनका लागि चुनावी कार्यक्रम, शुरु भयो प्रक्रिया

काठमाडौं, २३ चैत । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताका चुनावी कार्यतालिका सार्वजनीक गरिएको छ । तालिका बमोजिम दल नेताको उम्मेदवारी दर्ता विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ । त्यसैगरी दरखास्तउपर दाबी विरोध गर्ने समय दिउँसो १२ः३० बजेसम्म राखीएको छ भने र १ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको […]


विवादित बुँदाहरु मतदानबाट टुंगो लगाउने मस्यौदा समितिको निर्णय

काठमाडौं , २२ चैत । व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिले नियमावलीमा सहमति जुट्न नसकेका विषय मतदानबाट टुंगो लगाउने भएको छ । समितिको सोमबार बसेको बैठकले विवादित बुँदाहरु आउँदो बिहीबार दिउँसो ३ बजे मतदान गरेर टुंगो लगाउने निर्णय गरेको हो । संसदीय सुनुवाई विशेष समिति कति सदस्यीय बनाउने भन्नेमा समितिमा विवाद छ । नेपाली कांग्रेस र […]


सभापतिमा हारेका पौडेल फेरी संसदीय दलको लागी देउवासंग भिड्दै

काठमाडौं ,२१ चैत । आसन्न कांग्रेस संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताको लागि उम्मेद्वारी दिने भएका छन् । पौडेलकै निवासमा बसेको उनी पक्षधर नेताहरुको बैठकले पौडेललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए् । यसअघि, कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई निवासमै भेटेर आफुलाई सर्वसम्मत संसदीय दलको नेता […]


सार्वजनिक सेवाप्रवाह सुधार नहुनुमा राजनीतिक र प्रशासनिक नेतृत्व दोषी – प्रशासनमन्त्री

काठमाडौं , १४ चैत । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सार्वजनिक सेवाप्रवाह सुधार नहुनुमा राजनीतिक र प्रशासनिक नेतृत्व दोषी रहेको बताएकी छन् । राजनीतिक तथा प्रशासनिक नेतृत्वले राजनीतिक परिवर्तनको भावनाअनुसार प्रशासनिक संयन्त्रमा रुपान्तरणका लागि चासो नदेखाएको परिणाम सार्वजनिक सेवा प्रवाहमा सुधार आउन नसकेको बताइन् । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा उनले कुनै एक […]


तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको रक्षामन्त्रीको दावी

काठमाडौं ,१० चैत । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले चीनबाट तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको दावी गरेका छन् । काठमाडौंस्थित रिपोर्टस् क्लबमा भएको कार्यक्रममा रक्षामन्त्री रावलले नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताए । उपप्रधानमन्त्री रावलले भने, ‘इन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन् । तेलको […]


कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता

काठमाडौं ,१० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई […]


काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिनेछ -नेपाल

काठमाडौं ,९ चैैत । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणपछि काँग्रेसलाई सरकारमा ल्याउन छलफल गरिने बताएका छन् । देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको भन्दै नेता नेपालले काँग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे । प्रेस चौतारी नेपाल सल्यान शाखाले आज बिहान सदरमुकाम […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का