के अब नेबिसंघको महाधिबेशन होला ?

काठमाडौ, १९ बैशाख ।   लामो समयदेखि महाधिवेशन हुन नसकेको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघलाई तत्काल महाधिवेशनको मिति घोषण गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन । नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आइतवार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले तत्काल महाधिवेशनको मिति तोक्न निर्देशन दिएका हुन । […]


मधेशी दलहरुले गरेको आन्दोलन उनीहरुकै लागी प्रत्युत्पादक हुने – प्रधानमन्त्री ओली

विराटनगर ,१७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मधेसी पार्टीहरुले गरेको आन्दोलन कालान्तरमा उसैका लागि प्रत्युत्पादक हुने बताएका छन् । सुनसरीको कार्यक्रममा सहभागी हुन शुक्रबार बिराटनगर आएका प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुलाई केहि कुरामा चित्त बुझेको छैन भने संसदमा कुरा राख्नुस्, रराजनीतिक अभीष्ट पूरा गर्नका लागि राज्य सञ्चालनमा अवरोध नगर्नुस् ।’ प्रधानमन्त्री ओलीले दलगत स्वर्थका […]


सरकारलाई अख्तियारको पत्र

काठमाडौं,१६ वैशाख  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठान, परिषद, कोषलगायतका निकायमा निश्चित मापदण्ड बनाएर मात्र अब उप्रान्त पदाधिकारी नियुक्ति र मनोनयन गर्न सरकारलाई पत्राचार गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पदाधिकारीको नियुक्ति प्रक्रिया अनियमित भएको तथा स्वास्थ्यसम्बन्धी अध्ययन तथा अनुसन्धान नै नगरेको व्यक्तिसमेत नियुक्तिमा परेको भन्ने उजुरीमाथि छानबिन पछि आयोगले सरकारलाई पदाधिकारी नियुक्तिमा मापदण्ड […]


सभामुख घर्ती र कोरियाली सभामुखबीच भेटवार्ता

काठमाडौं ,१३ वैशाख । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेकी दक्षिण कोरियाका सभामुख छङ उई ह्वाबीच भेटवार्ता भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा साेमबार भएको भेटवार्तामा नेपालको संसद् र दक्षिण कोरियाको संसदबीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै जनस्तरको सम्बन्धलाई थप नयाँ दिशामा अगाडि बढाउने विषयमा कुराकानी भएको थियो । संसद् जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसले […]


चाँडोभन्दा चाँडो संसद् अधिवेशन आह्वान गरिने -सभामुख घर्ती

काठमाडौँ, १२ वैशाख । सभामुख ओनसरी घर्तीले संविधानअनुसार जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने हुँदा चाँडोभन्दा चाँडो संसद् अधिवेशन आह्वान गरिने बताएकी छिन । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेका अवसरमा बेलायत गएकी सभामुख ओनसरी घर्तीले आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अब संसद् नियमावलीको काम पनि टुङ्ग्याइने […]


‘म माओवादी एकताको बिरोधी होइन’ बैद्य

कपिलवस्तु, ११ बैसाख नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष मोहन बैद्यले आफू सिद्धान्तत माओवादी एकताको विरोधी नरहेको स्पष्ट पारेका छन् । एमाओवादीसँगको एकतामा बैद्यले अवरोध गरेको प्रचार भइरहेका बेला बैद्यले आफू सैद्धान्तिक रुपले माओवादी धाराहरुको उकता हुनुपर्ने प्षमा नै रहेको बताएका हुन् । आफ्ना ससुरा एवं माओवादी सल्लाहाकार खुवीराम आचार्यको श्रद्धाञ्जली कार्यक्रममा कपिलबस्तु पुगेका बैद्यले माओवादीबीच […]


पत्रकार कनकमणी पक्राउ

काठमाडौं , बैशाख १० । पत्रकार कनकमणी दिक्षित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले पत्रकार कनकमणी दिक्षितलाई आज पक्राउ गरेको हो। उनलाई हिमाल मेडियाको कार्यलयबाट पक्राउ गरिएको हो । गैरकानुनी सम्पति आर्जन गरेको र भ्रष्टाचार कसुर अभियोगको अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई  पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई अहिले अख्तियारको […]


प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने किराँतीको भनाई

काठमाडौ, ९ बैशाख । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले केपी ओली नेतृत्वको सरकारलाई यथासिघ्र विस्थापित गरेर प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमालेले अहिले माओवादीको चिहानमा बसेर पश्चिम बंगालको ज्योति बशुले शासन गरे जस्तो शासन गर्न चाहिरहेको दावी गर्दै ओली […]


म त भन्छु,सरकार अहिले सुतिरहेको छ-सिटौला

विराटनगर, ९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् । प्रेस युनियन मोरङले विराटनगरमा बिहीबार बिहान गरेको पत्रकारसम्मेलनमा सिटौलाले सरकारको आलोचना गर्दै भूकम्पपछिको पुनःनिर्माणमा सरकारको अग्रसरता एकदमै नरहेको जस्तो देखिएको बताए । उनले भने- ‘वर्षदिनदेखि राहतको आशमा रहेका भूकम्प पीडितको समस्यामा सरकार कतै पनि सम्वेदशील बनेको छैन् […]


कांग्रेस नेताको सत्ता मोह

काठमाडौं,८ वैशाख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँणले लामो समयसम्म नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु राष्ट्रको हितमा नहुने बताएका छन्। नेपाली कांग्रेस रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्वर ७ ले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै खाँणले यस्तो बताएका हुन् । संसदको सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा बसेर सरकारले गरेका काम कारबाहीको समर्थन […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का