संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलनको तयारी गर्दै

काठमाडौं,२ वैशाख २०७३ । माग पूरा नभएकोे भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भावी आन्दोलनको बारेमा संघीय गठबन्धन तथा अन्य जनजाति समूहसँग अन्तक्रिया गर्दैछ। संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा हुने छलफलमा संघीय गठबन्धनमा सहभागी १५ दल तथा विभिन्न जनजाति समूहको उपस्थित हुने मोर्चाका नेताले बताएका छन्। नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले तराइमा ६ […]


वर्तमान सरकार सत्तामा रहिरहने नैतिक आधार छैन–बाबुराम

काठमाडौै, ३० चैेत । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएकाले सत्तामा रहिरहने नैतिक आधार नभएको बताएका छन् । जनकपुरघाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताए । एक प्रश्नको […]


राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा गृहमन्त्रीको जोड

काठमाडौं, २९ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक समस्या राजनीतिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिएका छन् । । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको तर आन्दोलनका नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । लोकतान्त्रिक विधि र प्रक्रिया बाहिर गएर कसैले आन्दोलन गर्न खोजे सरकार चुप […]


कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष हावि , २२ मा १८ देउवापक्ष, पौडेलका ४ मात्र

काठमाडौं , २६ चैत । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवा पक्ष नै हावि देखीएको छ । २२ मध्यै देउवा पक्षका १८ जना बिजयी भएका छन् । शुक्रबार बिहान ९ देखी १२ बजेसम्म भएको बिद्युतीय मतदानपछि मतगणना हुँदा देउवापक्षका १८ जना बिजयी भएको हुन् । ७ वटा प्रदेशमा १,४ र ७ मा बाहेक अरु ४ […]


कांग्रेस संसदीय कार्य समितिका लागी ४२ जनाको मनोनयन दर्ता

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसको संसदीय कार्य समितिका लागी ४२ जनाको आवेदन परेको छ । २२ सदस्यीय दलको कार्यसमितका लागि ४२ जनाले मनोनयन दर्ता गराएका हुन् । नियमानुसार ७ प्रदेश र १५ आरक्षण गरी २२ जना निर्वाचित हुने व्यस्था छ । यसैबीच पिछडिएको क्षेत्रबाट राजिव बिक्रम शाह भने निर्विरोध निर्वाचित भएका छन्। बुधबार मात्रै […]


राष्ट्रिय सहमतिको सरकार सम्भव -छैैन

काठमाडौंं, २५ चैैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताएका छन् । झापा क्षेत्र नम्बर ३ मा आयोजना हुन लागेको एमाले प्रशिक्षण कार्यक्रमका लागि झापा आएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताए । प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अग्रसरतामा संविधान जारी गरेको […]


सद्भावना पार्टी वैशाखबाट आन्दोलन गर्ने

काठमाडौं, २४ चैत। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी वैशाखबाट सशक्त आन्दोलन गर्ने बताएका छन् । उनले आन्दोलनको स्वरुपबारे मधेसी मोर्चामा छलफल जारी रहेकोसमेत बताए । बुधबार वीरगन्जमा गरिएको पत्रकार सम्मेलनमा उनले सरकारलाई सहमतिका लागि बाध्य बनाउने गरी आन्दोलन गरिने दाबी गरे । सहज अवस्थामा पनि सरकारले सहमतिको प्रयास नगरेको आरोप लगाउँदै उनले मधेसी जनतालाई अधिकार […]


काँग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौं, २४ चैत। संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेताका लागि बिहान ११:०० बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा पहिलो मतदान रामेछापका सांसद् शिवबहादुर खड्काले गरेका थिए । काँग्रेसको १३औँ महाधिवेशनको सभापति पदमा जस्तै संसदीय दल नेताको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गरिरहेका छन् । काँग्रेसका […]


​बार एशोसिएशनको प्रारम्भिक मत परिणाम सार्वजनिक, प्रगतिशील र लोकतान्त्रिक समूहको कडा प्रतिष्पर्धा

काठमाडौं , २३ चैत । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल वार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक  मतपरिणाम सार्बजनिक गरिएको छ । प्रारम्भिक  मतपरिणाम अनुसार प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीच कडा प्रतिष्पर्धा देखिएको छ । अहिलेसम्मको मत परिणाम हेर्दा अधिकांशमा प्रगतिशील समूह अघि देखिएको छ भने लोकतान्त्रिक समूह पछि पछि दगुरीरहेको छ ।वारको केन्द्रीय […]


यस्तो छ कांग्रेसको दल नेता चयनका लागि चुनावी कार्यक्रम, शुरु भयो प्रक्रिया

काठमाडौं, २३ चैत । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताका चुनावी कार्यतालिका सार्वजनीक गरिएको छ । तालिका बमोजिम दल नेताको उम्मेदवारी दर्ता विहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको सयम निर्धारण गरिएको छ । त्यसैगरी दरखास्तउपर दाबी विरोध गर्ने समय दिउँसो १२ः३० बजेसम्म राखीएको छ भने र १ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी