सहमती नभए मधेशी मोर्चाले प्रचण्डलाई भोट नहाल्ने

काठमाडौं, १९ साउन । तीन दिनदेखि कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनले थालेको सहमति प्रयास मंगलबार साँझसम्म निष्कर्षमा नपुग्दा अलपत्र पर्ने देखिएको छ। बुधवार बिहानसम्म संवादमा प्रगति नभए मधेसी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले प्रधानमन्त्रीका प्रत्यासी पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन नगर्ने घोषणा गरेको छ । गठबन्धनसित ४२ सांसद छन् । गठबन्धनका संयोजक उपेन्द्र यादवले कांग्रेस […]


प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दर्ताको समय आज ११ -४ बजेसम्म

काठमाडौं, १८ साउन । नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ। व्यवस्थापिका संसद्मा बुधवार हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको हो। संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह चार बजेसम्मको समयावधि तोकेको छ। प्रधानमन्त्रीका लागि कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने छन् भने […]


राष्ट्रपतिद्धारा बहुमतिय प्रक्रियाको आव्हान, अब १९ गते प्रचण्ड नयाँ प्रधानमन्त्री, एमाले प्रतिपक्षमा

काठमाडौं, १७ साउन । अब बहुमतिय सरकार निर्माणको लागि बाटो खुलेको छ । दलहरुबीच सहमतिय सरकार बनाउन राष्टपति विद्या देवि भण्डारीले दिएको समय सिमा समाप्त भएपछि आज पुनः राष्ट्रपति भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेपश्चात बहुमतिय सरकार निर्माणका लागि बाटो खुलेको हो । सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि […]


सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चा – डा भट्टराई

तुलसीपुर, १७ साउन । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालको सत्ता परिवर्तनमा सँधै भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे । नेपालको आन्तरिक मामिलाको हल यहींका दलले गर्नुपर्ने बताउँदै उनले […]


विजय गच्छेदार र उपेन्द्र यादवको प्रचार युद्ध

काठमाडौं,१७ साउन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अबको सरकारमा जान कुनै दल वा समूहको सर्तले नरोकिने बताएका छन्। संघीय गठबन्धन संयोजक उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।  पार्टीको सातौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आइतबार गच्छदारले आफ्नो पार्टी राष्ट्रिय सहमतिको पक्षमा रहेकाले त्यसविपरीत हुने कुनै काम नगर्ने स्पष्ट पारे। ‘संविधान कार्यान्वयनका […]


नयाँ सरकारमा काँग्रेसबाट को को ?

काठमाडौं,१६ साउन । नयाँ सरकार गठन हुन अब केही दिन मात्र बाँकी रहँदा नेपाली काँग्रेसभित्र पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा जाने सांसदहरूको सूचीले लगभग अन्तिम रुप लिइसकेको बताइन्छ   । नयाँ मन्त्री परिषदमा पार्टी सभापति शेर बहादुर देउवा समूहका महेन्द्र यादव, जीवन बहादुर शाही, डिना उपाध्याय , अर्जुन जोशी, मीन बहादुर विश्वकर्मा, बरिष्ठ नेता रामचन्द्र पौडेल […]


प्रचण्डलाई प्रधानमन्त्री बनाउन म असफल भएँ –बामदेव गौतम

काठमाडौं ,१६ साउन । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन्। पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए। नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन्। वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको  र त्यसैबेला […]


मधेशी मोर्चा आफ्ना माग पुरा भए सरकारमा जाने

काठमाडौं,१५ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले उठाएका प्रमुख मागमा नयाँ सत्ता गठबनधन दल प्रष्ट भए मात्र सरकारमा सहभागी हुन सक्ने स्पष्ट पारेको छ। शुक्रबार बसेको मोर्चाको बैठकले अब बन्ने सरकारलाई सहयोग गर्न पहलिे कांग्रेस–माओवादी प्रस्ट हुनु पर्ने सर्त अघि सारेको छ। कांग्रेस माओवादी गठबन्धनले मधेसलगायत समस्या समाधानमा गम्भीरता देखाए अब बन्ने सरकारको पक्षमा […]


काम चलाऊ प्रधानमन्त्री ओलीको भारत बिरुद्ध कडा आक्रोश

काठमाडौं,१३ साउन । काम चलाऊ  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गरेर आफ्नो अभिष्ट पूरा गर्ने सपना नदेख्न दक्षिणी छिमेकी भारतलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले बुधबार सयौं स्रष्टाहरुकासामु आफूले राजीनामा दिएपछि नेपाल भित्रभन्दा वाहिर बढी खुशीयाली छाएको भन्दै खुशी मनाउने क्रममा अब आफ्नो स्वार्थ पूरा हुने भो भनेर नरमाउन भारतलाई चेतावनी दिए । […]


एउटै पार्टीका दुई अध्यक्ष

काठमाडौं, ११ साउन । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ । साथै सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी