सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने-प्रधानमन्त्री ओली

काठमाडौं,२४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताएका छन्। ‘स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्न म विदेशिन खोज्ने युवालाई आग्रह गर्छु।’ नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशन तथा २०औं महिला उद्यमी […]


विप्लव माओवादीको चितवन जिल्लापार्टीमा विवाद

काठमाडौं,२३ जेठ । चितवनमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीमा विवाद देखिएको छ । चितवनका दर्जन नेताले पार्टीको जिल्ला नेतृत्वप्रति असहमति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन्। उनीहरुले आफूहरु निस्कृय रहेने, तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने र पार्टी सच्चिए मात्रै फर्कने बताएका छन्। दुईजना जिल्ला कमिटीका सचिवालय सदस्य, पाँचजना जिल्ला सदस्य र पाँचजना इलाका सदस्यले संयुक्त […]


बजेट लोकप्रियताका लागी मात्र ल्याईएको –विपक्षी सांसद

काठमाडौं,२१ जेठ । व्यवस्थापिका संसदमा आज पनि बजेटमाथिको छलफल भएको छ । छलफलमा विपक्षी दलका सांसदले बजेट लोकप्रियताका लागि मात्र ल्याइएको आरोप लगाउँदै कार्यान्वयन गर्न नसकिने दाबी गरेका छन् । तर सत्तारुढ दलका सांसदले बजेट राम्रो भएको भन्दै कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा नेपाली कांग्रेसका प्रकाशशरण महतले संसदमा पेश भएको बजेटले […]


मुुुलुुकभर भएका महिला हत्याका घटनाप्रति ९ वटा महिला संगठनको बिरोध

काठमाडौं, २० जेठ । मुलुकभर महिलाहरुमाथि भएका हत्याका घटनाप्रति संयुक्त महिला संघ संघर्ष समितिले बिरोध गरेको छ । संघर्ष समितिमा ९ वटा संगठनहरु आबद्ध छन् । संयुक्त महिला संघ संघर्ष समितिले गृहमन्त्रीलाई आज एक ज्ञापन पत्र बुझाउँदै महिला हत्याको बिरोध गरेको हो । गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा जेठ ३ गते पर्सा जिल्लाको विरगञ्ज नगरपालीका वडा […]


काग्रेसको माग अनुसार छानबीन समिति गठन

काठमाडौं,१८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार बजेटको सूचना चुहिएको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सोमबार चार पटक संसद अवरुद्ध पारेको थियो । र, उसले छानविन समिति गठनको माग गरेको थियो । विपक्षीको माग […]


यसरी मनाईयो टुँडिखेलमा गणतन्त्र दिवश

राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भइन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले गरेका संघर्ष र जनआन्दोलनको जगमा स्थापित नवौँ गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा […]


आफ्नो नाममा पत्र आए सरकारसंग वार्ता गरिन्छ –संघिय गठबन्धन

काठमाण्डौं,१४ जेठ । संघीय गठबन्धनले वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र आए सरकारसँग वार्तामा बस्न तयार हुने निर्णय गरेको छ। शुक्रबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने गठबन्धनको निर्णय छ। गठबन्धनले राजधानीमा १२ घण्टे धर्नामा बस्ने निर्णय पनि गरेको गठबन्धनका नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी […]


संघिय गठबन्धनको बैठक बस्दै

काठमाडौ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागी बोलाएपछि यस विषयमा धारणा बनाउन संघिय  गठबन्धनको बैठक बस्दैछ । बैठकमा आन्दोलनको समिक्षा पनि हुनेछ । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए । प्रधानमन्त्री केपी शर्मा […]


मधेशवादी दलसहित ९ वटाले व्यवस्थापिका संसद्को बैठक वहिष्कार गरे

काठमाडौं,१३ जेठ । मधेशवादीसहितका विभिन्न ९ वटा दलहरुले व्यवस्थापिका संसद्को बैठक वहिष्कार गरेका छन्। पहिचानसहितका प्रदेशको माग राखेर आफूहरुले गरिरहेको आन्दोलनलाई सरकारले उपेक्षा गरेको भन्दै विभिन्न ९ वटा दलले विहिवारको संसद् बैठक वहिष्कार गरेका हुन्। तराई मधेश लोकतान्त्रिक पार्टीका सांसद् जंगीलाल रायले माग पूरा गराउनका लागि दवाब दिन आन्दोलन गरिरहेको अवस्थामा आफूहरु संसद् बैठकमा नबस्ने […]


पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले नेपाललाई निरन्तर सहयोग गर्ने

काठमाडौं,१२ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले भूकम्पबाट क्षतिग्रस्त नेपालको भौतिक संरचनाहरुको पुनर्निर्माणमा संयुक्त राष्ट्रसंघले निरन्तर सहयोग गर्ने बताएका छन् । टर्कीको इस्तानवुलमा आयोजित विश्व मानवीय सम्मेलनका क्रममा महासचिव वानले भूकम्प पश्चातको उद्धार तथा राहतमा राष्ट्रसंघले सहयोग पुर्याएको र पुनर्निर्माण कार्यमा पनि निरन्तर सहयोग रहने बताएका हुन् । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी