प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन प्रस्थान

काठमाडौं ,७ चैत । प्रधानमन्त्री केपी ओली ८ दिने भ्रमणका लागि आइतबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका छन् ।उनी झण्डै सय जनाको टोली लिएर चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल उनको भ्रमण टोलीमा रहेका छन् […]


युद्धकालीन मुद्धाबारे सबै माओवादीको एउटै स्वर, युद्धकालिन मुद्धाहरु अदालतले नै उल्ट्याउन पाउँदैन

काठमाडौं ,५ चैत । आ–आफ्नो स्वार्थमा विभाजीत भएका माओेवादीहरुले शुक्रबार एउटै मुद्धालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्रीलाई भेट्दै उनीहरुले युद्धकालिन मुद्धाहरुलाई अदालतले नै उल्ट्याएर माओवादीका नेता कार्यकर्तालाई मुद्धा चलाउन थालेको भन्दै यस्ता मुद्धा सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुंग्याउनु पर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले युद्धकालीन मुद्धा अदालतले उल्ट्याउनु […]


काभ्रेमा बस दुर्घटना तीनको मृत्यु ,१५ जना भन्दा बढी यात्रु घाइते

काठमाडौं , ५ चैत   काभ्रेमा बस दुर्घटना हुँदा तीनको  मृत्यु भएको छ। १५ जना भन्दा बढी यात्रु घाइते भएका छन्। दोलखाको मेलुङबाट काठमाडौंका लागि छुटेको बा ३ ख ७९३८ नम्बरको बस  काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा दोलखा डाँडाखर्ककी सुष्मा विक मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी राजेन्द्रनाथ बास्तोलाले जानकारी दिए। बस सडकभन्दा […]


सबै माओवादीका शिर्ष नेताहरु आज प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं , ५ चैत । आआफ्ना स्वार्थका कारण विभाजीत भएका माओवादीहरु आज संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दैछन् । अपरान्ह साढे ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भेटमा माओवादी शिर्ष नेतृत्वले द्धन्द्धकालीन मुद्धाहरु सत्यनिरुपण आयोग मार्फत टुंग्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने  छ । द्धन्द्धकालका मुद्धाहरु एक एक गरि व्यूँताउदै सर्बोच्च अदालतले नै कारबाहीका […]


एमाओवादी केन्द्रिय समिति बैठक स्थगीत

काठमाडौं , ५ चैत । आज बस्ने भनिएको एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक स्थगीत भएको छ । बैठकको तयारी नपुगेको भन्दै एमाओवादीले भोलीसम्मका लागी बैठक स्थगीत गरेको हो । बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने एमाओवादीले जनाएको छ । बिहीबार बिहान प्रचण्ड निबास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले केन्द्रिय […]


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं  ,५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। हालै सम्पन्न महाधिवेशनबाट सभापति पदमा निर्वाचितपछि प्रधानमन्त्री ओलीसँग देउवाको यो पहिलो भेटवार्ता हो। सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई तथा शुभकामना दिँदै उनको सफल कार्यकालका लागि शुभकामना दिए। प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति […]


सेवाग्राहीले सोधे ,सौचालय किन यति फोहोर ? सरकारी कर्मचारीको जवाफ ,सौचालय पनि सफा हुन्छ र ?(फोटोफिचर)

  काठमाडौं ,५ चैत । सौचालय भन्ने बित्तीकै दिसापिसाब अर्थात सौच गर्ने निश्चित घर हो ।हामी जहाँ बस्छौं त्यहाँ अनिबार्य सौचालय हुनैपर्छ ।अहिलेको २१ औं शताब्दीको समयमा सौचालय बिनाको घरमा मानिस बस्नपनि सक्दैन । कतिपय ग्रामिण क्षेत्रमा खुला चौर,खोल्साखाल्सी वा जंगललाई सौच गर्ने ठाउँको रुपमा प्रयोग गरिन्थ्यो वा गरिदैछ, । यस्ता ठाउँमा अहिले सरकारले नै […]


मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव

काठमाडौं ५ ,चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन्  । शुक्रबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादव ले भने , “आन्दोलनकारी पनि […]


कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडौं ५ ,चैत । नेपाली कांग्रेसको १३औं महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २-०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिए । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई  केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको […]


फिस्टेल एअरको हेलिकोप्टर रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना

काठमाडौं ,४ चैत । फिस्टेल एअरको हेलिकोप्टर विहीबार रसुवाको लाङटाङ क्षेत्रमा दुर्घटना भएको छ । भूकम्पपीडितका लागि सामग्री पुर्‍याएर धुन्चे फर्कंदै गरेको ‘नाइन एन जे आइ’ कलसाइन भएको हेलिकोप्टर विहीबार दिउँसो साढे २ बजे क्याङ्जेनमा दुर्घटना भएको हो । उडिरहेको हेलिकोप्टरको पंखा उछिट्टिएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनाको बेला हेलिकोप्टरमा चालक स्वीडिस नागरिक निकोलसमात्रै रहेको […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का