सभामुख घर्ती बिरामी , सुमेरु अस्पतालमा उपचार हुँदै

काठमाडौं, २८ चैत । सभामुख ओनसरी घर्ती बिरामी परेकी छिन् । उनको ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । रक्तचाप बढेपछि सभामुख घर्तीलाई  बिहान साढे ७ बजेअस्पताल भर्ना गरिएको उनको पारीवारीक श्रोतले जनाएको छ । उच्चरक्तचापको नियमित औषधी सेवन गरिरहेकी घर्तीलाई थप परिक्षण गर्नुपर्ने भएका कारण अस्पताल भर्ना गरिएको हो । बिरामीका कारण उपस्थित […]


एमाले बैठकमा अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौं, २८ चैत । नेकपा एमालेको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुँदैछ । हिजोबाट शुरु भएको बैठकमा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिका साथै पार्टी संगठनका विषय समेटिएको १२ पृष्ठ लामो राजनितिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीले नयाँ संविधान अनुसार पार्टीका कमिटी गठन, अञ्चल कमिटीलाई प्रान्तीय कमिटी […]


बिद्रोही आक्रमणमा फिलिपिन्समा १८ सैनिककोे मृत्यु

एजेन्सी,२८  चैत्र  । फिलिपिन्समा इस्लामिक विद्रोही संगठन अबु सैयफको आक्रमणमा परी सरकारी सेना मारिएका छन् । लडाकूको आक्रमणमा परी देशको दक्षिण भागको बासिलान टापुमा १८ जना सैनिक मारिएका हुन् भिडन्तमा अरु ५० जना सैनिक घाइते भएका छन् । पाँचजना लडाकू पनि मारिएको सेनाले जनाएको छ । सेनाले आईएससँग समेत जोडिएको भन्दै अबु सैयफकाकमाण्डरको लगातार पिछा […]


इपिएलमा चेल्सी स्वान्सीसंग पराजीत

एजेन्सी,२८ चैत्र । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी स्वान्सीसंग पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलको २५ औं मिनेटमा गेल्फि सिर्गुडसनले स्वान्सीका लागी निर्णायक गोल गरे । त्यस्तै गएराती नै बेष्टह्याम र आर्सनलले भने ३/३ को बराबरी खेल्दै अंक बाँढेका छन् ।  लिग अन्तर्गत गएराती नै वर्नमाउथले एष्टन भिल्लालाई २–१ ले पराजित […]


पत्रकार सम्मेलनमा केजरीवालमाथि जुत्ता प्रहार

काठमाडौं, २७ चैत । दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि एक पत्रकार सम्मेलनका क्रममा जुत्ता प्रहार भएको छ । कार्यक्रममा केजरीवाल बोलिरहेका  बेला उनीमाथि जुत्ता प्रहार भएको हो ।  १५ दिल्लीमा फेरि ओल्ड इभन योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।  जुत्ता हान्ने व्यक्ति आम आदमी सेना नामको संस्थाको भएको बताइएको […]


मृगौला रोगीलाई राज्यले आजीवन सहयोगको व्यवस्था गर्नुपर्ने प्रचण्डको भनाई

काठमाडौं, २७ चैत ।एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मृगौला रोगीहरुका लागि राज्यले आजीवन  सहयोगको व्यवस्था गर्नुपर्ने बताएका छन् । । आज बिहान लाजिम्पाटमा राष्ट्रिय मृगौला पीडित संघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । अध्यक्षले भने, ‘मेरो पुरै सहानुभूति तपाईहरुलाई छ । छिमेकी देशहरुमा मृगौला प्रत्यारोपण र डायलोसिस गर्ने प्रक्रिया पनि […]


आइपिएलको पहिलो म्याचमा मुम्बई र पुने भिड्ने

मुम्बई, २७ चैत । इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिताको नवौँ संस्करणअन्तर्गतका खेलहरु आजबाट हुँदैछ । मुम्बईमा हुने उद्घाटन खेलमा घरेलु टोली मुम्बइ इन्डियन्सले नव प्रवेशी टिम राइजिङ पुने सुपर जायन्ट्सको सामना गर्दैछ । बेटिङ प्रकरणमा राजस्थान रोयल्स र चेन्नाइ सुपरकिङ्स कारवाहीमा परेपछि उनीहरुको स्थानमा  राइजिङ पुने सुपर जायन्ट्स र गुजरात लायन्सले आइपिएल खेल्दैछन् । […]


पेरिस हमलामा संलग्न पक्राउ

एजेन्सी ,२७ चैत । गत नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्न मूख्य आक्रमणकारीमध्ये पक्राउ पर्न बाँकी रहेका एक आक्रमणकारी पनि पक्राउ परेका छन् । गत नोभेम्बर १३ मा १३० जना मारिने गरी गराइएको आक्रमणमा संलग्न मोहम्मद अबरिनी बेल्जियमबाट पक्राउ परेका हुन् । पाँच  महिनादेखि फरार अबरिनीलाई ब्रसेल्सको अण्डरलेख्त क्षेत्रबाट पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका […]


चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी

काठमाडौं , २७ चैत । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएका महत्वपूर्ण संम्झौता कार्यन्वयका लागि  नेपालमा चीनको सहयोगमा ग्यास तथा तेल उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी गरेको छ । चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल टुंंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले […]


महिलाको नेतृत्वमा धर्मशीला निर्वाचीत

काठमाडौं, २६ चैत । एकीकृत नेकपा माओवादी निकट महिला संगठनको अध्यक्षमा धर्मशीला चापागाई निर्वाचित भएकी छीन । अखील नेपाल महिला संघ क्रान्तिकारीको छैठौं राष्ट्रिय सम्मेलनवाट चापागाई सर्वसम्मत निर्वाचीत भएकी हुन् । झापा निवासी चापागाई एमाओवादीकी केन्द्रीय सदस्य र पुर्व सभासदसमेत हुन् । चैत २४ गते राजधानीमा शुरु भएको राष्टिय सम्मेलनको आज सम्पन्न् बन्द शत्रमा उनी […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का