परराष्ट्रमन्त्री कमल थापा न्युयोर्क जाने

काठमाडौं ,२९ चैत । वैशाख ७ मा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन न्युयोर्क जाँदैछन्। उनले त्यहाँ जलवायु परिवर्तनका असर र त्यसका लागि भएका प्रयासबारे पेरिस सम्मेलनको सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम छ। स्रोतका मन्त्री थापा जलवायु कार्यक्रममा सहभागी भएपछि अमेरिकास्थित राप्रपा नेपालको भ्रातृ संगठनको कार्यक्रममा सहभागी हुने र विभिन्न राज्यमा पनि […]


अब उपत्यकाका सबै उपभोक्ताले ग्याँस पाउने

काठमाडौं, २९ चैत । ग्यास वितरण प्रणाली उपभोक्तामुखी नभएको गुनासो भएपछि कार्यतालिका बनाएर उद्योगीले आजदेखि ग्यास वितरण गर्ने भएका छन् । । उद्योगीहरुले आजदेखी काठमाडौं उपत्यकामा तालीका बनाएर ग्याँस बितरण गर्ने भएका हुन् । आयत बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्राहकलाई एकैपटक भाग पुग्ने गरी […]


मलेखु दुर्घटनामा सशस्त्र प्रहरी इन्सपेक्टर नै मारिए

धादिङ, २९ चैत । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–१ मलेखुमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ८७३२ नम्बरको ट्रकले बा६१प ११५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार चितवन घर भई आदमघाटस्थित राजमार्ग सुरक्षा सशस्त्र प्रहरी क्याम्पमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको मृत्यु भएको जिल्ला […]


कांग्रेस सभापति देउवा भारत जाँदै

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बैसाख ७ गते भारत जाँदैछन् । देउवा पत्नी आरजु देउवाको स्वास्थ्य उपचारको नाममा भारत जान लागेको देउवाले उच्चस्तरिय राजनीतिक भेटघाट पनि गर्ने भएका छन् । देउवाको निकट श्रोतका अनुसार उनले भारतमा रहँदा प्रधानमनत्री नरेन्द्र मोदीलाई पनि भेट्नको लागि आग्रह पठाइसकेका छन् । नेपाली कांग्रेसको सथापन […]


इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्न निगमको आनाकानी

काठमाडौं, २९ चैत । इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो । आज प्रकाशीत नागरिक दैनिकका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, […]


यस वर्ष पनि ईपीएस अनलाइन प्रणालीबाट गर्न नसक्ने

काठमाडौं, २९ चैत । सरकारले यस वर्ष पनि ईपीएस भाषा परीक्षा अनलाइन प्रणालीबाट गर्न नसक्ने भएको छ । गत वर्षदेखि नै अनलाइबाट परीक्षा गराउने तयारी गरिएपनि यो काम अहिलेसम्म पूरा हुन नसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशीत गरिएको । यो वर्ष जसरी पनि अनलाइबाटै परीक्षा दिने योजना बनाए पनि एक्कासी परीक्षा तालिका अगाडि ल्याउँदा […]


अबको प्राथमिकता आर्थिक विकास – प्रधानमन्त्री ओली

काठमाडौं , २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान जारी भइसकेको अवस्थामा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेतर्फ सरकार केन्द्रित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङको ५०औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको आज उद्घाटन गर्दै उनले आर्थिक विकासका लागि जनसङ्ख्याको हिसाबले करिब ७० प्रतिशत अर्थात् दुई तिहाइ कृषि […]


प्रधानमन्त्री ओलीले सभामुख घर्तीको स्वास्थ्य अबश्थाबारे जानकारी लिए

काठमाडौं , २८ चैत । सभामुख ओनसरी घर्तीको स्वास्थ्य अबश्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो ललीतपुरको सुमेरु अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीेले अस्पतालमा सभामुख घर्तीको उपचारमा संलग्न डाक्टरहरुसंग उनको स्वास्थ्य अबश्थाबारे जानकारी लिएका छन् । अस्पताल श्रोतका अनुसार सभामुख घर्तीको स्वास्थ्य सामान्य रहेको छ । रक्तचाप बढेपछि सभामुख घर्तीलाई आज बिहान साढे […]


एमालेको बैठक , समूहगत छलफल चल्दै

काठमाडौं, २८ चैत । नेकपा एमाले  केन्द्रीय कमिटीको छैटौँ बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । पार्टीका पदाधिकारी सहितका कुल १८४ केन्द्रीय सदस्यले दश समूहमा विभाजित भई आज दिनभर पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा छलफल गर्ने र टोली नेताहरुले सोमबार आआफ्नो समूहको धारणा र सुझाव प्रस्तुत गर्ने […]


आन्दोलनका नाममा अवरोध सिर्जना गर्ने कार्य सह्य नहुने गृहमन्त्री बस्नेतको चेतावनी

इटहरी, २८ चैत । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का