माओवादीको एकता नजिकै छः नेताहरु

काठमाडौं, ११ चैत । माओवादीका नेताहरुले नेपालका विभाजित माओवादी पार्टीहरु एक नभई देशको विद्यमान समस्या हल नहुुने र आरोलो लागेको माओवादीको हैसियत समेत कायम हुुन नसक्ने भएकाले माओवादी आन्दोलन एक हुुनपर्नेमा जोड दिएका छन् । उनीहरुले उक्त एकता नजिक रहेको पनि दावी गरेका छन् । राजधानीको संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट पार्टीद्धारा आयोजित ‘वर्तमान परिस्थितिमा माओवादी […]


अमेरिकी राष्ट्रपति ओबामाले अर्जेन्टिनामा गरेको ‘ट्याङ्गो डान्स’का तस्बीरहरु

  अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्जेन्टिनाको दुई दिने भ्रमणका क्रममा गरेको ‘ट्याङ्गो डान्स’ को सर्वत्र चर्चा भइरहेको छ । ओबामाले आफ्नो सम्मानमा अर्जेन्टिनी समकक्षी मोरिसिओ मर्सीले आयोजना गरेको ‘स्टेट डिनर’ मा नर्तकीसँग ‘ट्याङ्गो डान्स’ गरेका हुन् । उनीसँगै  अमेरिकी प्रथम महिला मिचेल ओबामाले पनि नृत्य गरेकी थिइन् । ब्रसेल्समा आतंकवादी हमला भएपछि सिंगो विश्व चिन्तित […]


मार्क्सवादलाई नयाँ चरणमा पुर्‍याउन माओले के योगदान गरे ?

काल मार्क्सद्वारा उद्घाटित मार्क्सवादी विज्ञानको दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवाद गरी तीन प्रमुख अङ्ग रहेको कुरा र्सवविदितै छ । स्वयम् एउटा विज्ञान भएकाले मार्क्सवादको निरन्तर विकास हुनु स्वभाविक प्रक्रिया हो । वर्गसङ्घर्षका नयाँ अनुभव र समस्याहरूका सन्दर्भमा लेनिनद्वारा मार्क्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्‍याउने काम भयो । आज यो विज्ञान सङ्घर्षकै […]


प्रधानमन्त्री ओलीले ‘बोआओ फोरम’ मा सम्वोधन गर्ने

काठमाडौं, ११ चैत । साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ मा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले बोआओ फोरमको वार्षिक सम्मेलनमा आज सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसहितको नेपाली टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या पुगेको छ । प्रधानमन्त्रीले […]


करारको किचलोले थलियो त्रिभुवन विश्वविद्यालय

    राजनीतिक स्वार्थमा करारको किचलो     करारलाई स्वतः स्थायी गर्ने की व्यवस्थापनको अर्को विकल्प खोज्ने     प्रतिस्पर्धा गर्न नसकेर स्वतः स्थायीको माग गरेका नन्दकिशोर सिंह भन्छन् हामीलाई आयोग लड्ने मौका नै दिइएन     त्रिविको नियमावलीमा यस्तो छ व्यवस्था     किनपुग्यो चौथोबाट १५ हजारौं स्थानमा त्रिवि ?     छ छ महिनामा भ्याकेन्सी निकालेर सबैलाई समान व्यवहार […]


ब्रसेल्स आक्रमणपछि बेल्जियममा तीन दिन शोक, सुरक्षा व्यवस्था निकै कडा

ब्रसेल्स, १० चैत । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । त्यस आक्रमणमा सम्लग्नको खोजी जारी छ भने प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय […]


बेबसाइट ‘ह्याकर’ पक्राउ

काठमाडौं ,१० चैत । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको बेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् । तनहुँ, बन्दीपुर घर भई हाल काठमाडौँको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले चैत ७ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो । महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा बेबसाइड […]


तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको रक्षामन्त्रीको दावी

काठमाडौं ,१० चैत । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले चीनबाट तेल ल्याउन प्राविधिक कारण मात्र बाँकी रहेको दावी गरेका छन् । काठमाडौंस्थित रिपोर्टस् क्लबमा भएको कार्यक्रममा रक्षामन्त्री रावलले नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताए । उपप्रधानमन्त्री रावलले भने, ‘इन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन् । तेलको […]


राष्ट्रिय बालिका सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं ,१० चैत ।           राष्ट्रिय बालिका सम्मेलन काठमाडौंमा सुरु भएको छ  । सम्मेलनको बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । यस्तै बालिका सम्मेलनमा सहभागी भएका बेलायती राजकुमार ह्यारीले बालविवाह नेपालको मात्रै नभई विश्वकै चुनौती बनेको बताउनुभयो । सम्मेलनलाई सम्बोधन गर्दै ह्यारीले विकसित देशका लागि पनि बालविवाह चुनौतीको रुपमा रहेको […]


कांग्रेस सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता

काठमाडौं ,१० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । वरिष्ठ नेता पौडेल निवास बोहराटारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच १३औं महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयकाबारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए । सो भेटवार्तामा पार्टी सभापति देउवालाई नेता पौडेलले पार्टीभित्र कसैलाई […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी