उत्तर कोरियाली कूटनीतिज्ञको दक्षिण कोरियामा शरण

एजेन्सी , ८ भदौं । लण्डनमा खटिएका उत्तर कोरियाली एक उच्चपदस्थ कूटनीतिज्ञ दक्षिण कोरियामा शरण लिन पुगेका छन् । दूतावासका दोस्रो प्रमुख व्यक्ति थान योङ होले सर्वोच्च नेता किम जोङ उनको कार्यशैली चित्त नबुझेर दक्षिणतर्फ पलायन भएको बताए । थान पत्नी र केटाकेटीसीत्त केही दिन अघि लापत्ता भएका हुन् । सन् १९९७ मा पनि इजिप्टका […]


ओलीलाई दाई , प्रचण्डलाई भाई

काठमाडौं, ८ भदौ । वैचारिक हिसावले वामपन्थी नै भएका कारण प्रचण्ड र केपीलाई दाजुभाइ भन्न मिल्ला । तर अनौठो संयोग कस्तो परेको छ भने उनीहरुलाई अंगरक्षक समेत दाजुभाई परेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा भुवन खत्री एडिसी थिए । अहिले प्रचण्डको रक्षाको जिम्मा उनैका भाइ पवन खत्रीले पाएका छन् । स्रोतका अनुसार , त्यो […]


कांग्रेसले क–कसलाई मन्त्री बनाउँदैछ ?

काठमाडौं, ८ भदौ । कांगेसले सरकारमा सहभागी हुने मन्त्रीहरु बुधबार पठाउने भएको छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुधबार बिहान टुंगो लगाएर साँझ शपथ गराउने तयारी गरिएको छ । सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको जानकारी दिँदै बुधबार शपथ हुनसक्ने बताए । देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारिसमा एकएकजना […]


थ्री–स्टार क्लबले नागा वर्ल्ड क्लबको सामना गर्ने

काठमाडौं, ७  भदौ  । एएफसी कप फुटबल छनोटअन्तर्गतको दोस्रो खेलमा आज नेपालको थ्री–स्टार क्लबले क्याम्बोडियाको नागा वर्ल्ड क्लबको सामना गर्नेछ । मंगोलियाको उलानबटारमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टीम ईर्चिम फुटबल क्लबलाई २–० ले हराएको थियो । आजको खेल जितेमा नेपाल समुह बीको बिजेता बन्दै दोस्रो चरणको छनोट अर्थात् प्ले अफ् चरणमा प्रवेश गर्नेछ […]


यी युवाले गरे सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या

हरियाणा,७ भदौ  । भारतको हरियाणा राज्यमा पर्ने करनालमा एक युवाले सामाजिक संजालमार्फत सूचना दिएरै आत्महत्या गरेका छन् । अजय नाम गरेका ती युवाले कल्पना चावला मेडिकल कलेजको छतबाट हामफालेर आत्महत्या गर्नुअघि फेसबुकमा लेखेका थिए, ‘बाइ–बाइ लाइफ, बाइ–बाइ फ्रेन्ड्स, म आत्महत्या गर्न गइरहेको छु । त्यसैले सदाका लागि बाइ–बाइ ।’ उनको यो पोस्टमाथि साथीहरुले भने गम्भीरता […]


प्रधानमन्त्रीसँग लतिलपुरका सामाजिक अगुवाको भेट

काठमाडौं ,७ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरका सामाजिक अगुवाहरुले भेट गरेका छन् । आजज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अगुवाहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे । भेटमा प्रधानमन्त्रीले दोस्रोपटक प्रधानमन्त्री पदमा बहाली हुनु आफ्ना लागि […]


सरकारमा जाने मन्त्रीको टुंगो लगाउँदै कांंग्रेस

काठमाडौं,७ भदौं । नेपाली कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको टुुंगो  लगाउँने भएको छ ।कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरुले भने सपथ भोेली मात्रै लिने छन्।पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम सभापति शेरबहादुर देउवाले आज साँझ वा बुधबार अपराह्नसम्ममा टुंगो लगाइसक्ने देउवाको नीजि सचिवालयले जनाएको छ। ‘ साउन १९ गते प्रधानमन्त्री भएका प्र्रचण्डले सरकारमा सहभागी हुने […]


बाँदर बिरुद्ध किसानको उजुरी

ओखलढुंगा , ७ भदौ । कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे। कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन् । समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली […]


तरकारीको मुल्य काठमाडौंमा पसलैपिच्छे फरक फरक

काठमाडौं,७ भदौं । हरेक छाक भान्छामा नभई नहुने तरकारीको मूल्य यति धेरै आकासिएको छ कि, दुई महिनामा साढे चार सय प्रतिशतसम्म बढेको छ । त्यति मात्र होइन, पसलैपिच्छे फरक–फरक मूल्य छ, व्यापारीले मनलाग्दो असुल्ने गरेका छन् । तर बजार अनुगमन तथा नियन्त्रण गर्ने जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ध्यान दिएको छैन […]


कांग्रेसको भन्दा नेविसंघ महाधिवेशन खर्च एक करोड बढी

 काठमाडौं,७ भदौं । कांग्रेसको सबैभन्दा ठूलो भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं माहाधिवेशन गर्न चार करोड ८७ लाख रूपैयाँ खर्च भएको छ। तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौनो पाँच करोड भन्दा बढी खर्च भएको  छ। खानामा झन्डै दुई करोड ३४ लाख र बस्नलाई एक करोड […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी