बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं, १७ असाेज । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ  पक्राउ परेका हुन् । […]


पशुपतिनाथको दर्शन अब ढुक्क, ‘लकर’ व्यवस्था

काठमाडौँ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा  ‘लकर’ सेवा शुरु गरेको हो । यो सेवाको शुरुवात् भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाटमुक्ति पाउनेछन् । यो सेवा उपयोग […]


एनअारएनए बेल्जियम अध्यक्ष दाहाललाई पाेर्चुगलमा सम्मान

मुलखबर सम्बादाता, पाेर्चुगल, १६ असाेज । एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाललाई पोर्तुगलमा सम्मान गरिएको छ । अध्यक्ष दाहालले एनआरएनएलाई वास्तवमै प्रवासि नेपालीकाे पक्षमा काम गरेकाे तथा विभिन्न सामाजिक जागरण र समाजसेवी काम गरेकाे भन्दै सम्मान गरिएकाे एनअारएनए पाेर्चुगलले जनाएकाे छ । पोर्तुगलले आफ्नै कार्यालयमा बाेलाएर दाहाललाई सम्मानित गरेको हो । सो अवसरमा प्रवासी नेपाली मंच […]


इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजा

काठमाडौं,१६ असोज । इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् । ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय […]


बानेश्वरको संगम स्वीट्समा शिलबन्दी, विक्रि वितरणमा समेत रोक

काठमाडौं,१६ असोज । अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शिल गरेको छ ।  पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शिल गरिएको हो । बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, […]


‘गाडी भाडा बढी तिर्नुपरे विभागलार्इ जानकारी गराउनुस्’

काठमाडौं – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बर सहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ। सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनले लागू गराउन अानाकानी गर्दै यात्रुबाट बढी भाडा लिने गरेकाे गुनासाे अाएपछि विभागले यस्ताे आह्वान गरेकाे हाे। विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत […]


सरकारी छाप कीर्ते गर्ने लेखापढी व्यवसायी पक्राउ

राजविराज-सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले  पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । मालपोत कार्यालयको छाप घरमै राखी विभिन्न किसिमका सरकारी कागजपत्र कीर्ते गर्दै गरेको अवस्थामा उनलाई घरबाटै पक्राउ […]


नेपाल प्रहरीमा नयाँ भर्ना खुल्याे, कुन पदमा कति ?

काठमाडौं, १५ असाेज  । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो । जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय […]


दशैंमा प्रहरीको विशेष सुरक्षा अभियान, ढुक्क हुन राजधानीबासीलाई आग्रह

काठमाडौं, १५ असोज । दशैं तिहार जस्ता मुख्य चाड पर्वहरुमा राजधानीमा थुप्रै चोरी डकैति लगायतका घटनाहरु घट्ने गरेको तथ्यांक विगतको छ । यस पटक पनी दशैं नजीकिंदै गर्दा राजधानीवासीहरु सुरक्षाको विषयमा चिन्तीत भइरहँदा प्रहरीले भने राजधानीवासीको सरक्षाको लागि विशेष अभियान घोषणा गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौले आइतबार पत्रकार सम्मेलन गर्दै दसैं, तिहार जस्ता […]


जाजरकोटमा फेरि अाैषधी अभाव, विरामिकाे विजाेग

जाजरकोट, १४ असाेज – जाजरकोटका अधिकांस स्वास्थ्य संस्थामा औषधिकाे अभाव देखिएकाे छ। औषधि नहुँदा स्थानीयवासीहरुलार्इ सास्ती खेप्नु परेकाे छ। जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । प्राथमिक […]







मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी