सदनमा उठ्यो नर्स आन्दोलनदेखी मल अभावसम्मको चर्चा

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नर्सको आन्दोलनमा प्रहरीले गरेको दमनको विरोध देखि मालपोत कार्यालयको कर्मचारीले गरेको भ्रष्टाचार र मल अभावसम्को चर्चाले स्थान पाएको छ । सांसद अतहर कमाल मुसलमानले महिला नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै अमानविय कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आन्दोलनकारी नर्सहरुको माग सम्बोधन गर्न पनि माग गर्नुभयो […]


माेटरसाइकल पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने : सुरक्षा चिन्ता कि कमिसनको खेल ?

काठमाडौँ, ६ जेठ । काठमाडौँ उपत्यकामा हुने मोटरसाइकल र स्कुटर दुर्घटनामा पछाडि सिटमा बस्ने यात्रुको मृत्यु अस्वाभाविक ढङ्गले बढेपछि दुईवटा हेलमेटको प्रयोग अनिवार्य गरिने भएको छ । यातायात व्यवस्था विभागसँगको छलफलपछि पछाडि बस्नेलाई अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आईएसओ )बाट प्रमाणित चिह्न भएको हेलमेट लगाउन अनिवार्य गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखा प्रमुख […]


डिजिटल नेपाल अभियान : अाजबाट अप्टिकल फाइबर विच्छाईँदै

काठमाडौँ, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित […]


मन्त्री मगरको स्वागतयोग्य काम : एसएसबीद्वारा हत्या गरिएका शहीद गौतमका तीन छोरीलाई काठमाडौंमा भर्ना

– प्रकाश सिलवाल/ काठमाडौँ, ५ जेठ- ‘यी नानीहरुलाई राम्रोसँग हेर्नुहोला’ शहीद गोविन्द गौतमका तीन छोरीलाई भर्ना गराएर खाजा खाँदै गर्दा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले भन्न नपाउँदै बालुवाटारस्थित मातृभूमि शिक्षा सदनकी कर्मचारी भावना खड्को मुखबाट निस्कियो, “भइहाल्छ नि हजुर, बालबालिका मेरा लागि प्राण हुन् ।” कुराकानी चल्दै गर्दा भावना (भगवती) ले गौतमकी पाँच वर्षीय कान्छी […]


फेरी खस्यो त्रिशुलीमा बस, ५ को ज्यान गयो, २५ घाइते

काठमाडौं, ५ जेठ। लामो समयपछि आज फेरी यात्रुबाहक बस त्रिशुलीमा खसेर भएको दुर्घटनामा ५ को ज्यान गएको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट ना ७ ख […]


भारतमा आज अन्तिम चरणको चुनाब, मतगणना बिहिबारबाट शुरु हुने

काठमाडौं, ५ जेठ । दक्षीणी छिमेकी मूलुक भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अप्रिल ११ बाट शुरु भएको लोकसभा लोकसभा चुनाव आज सकिन लागेको हो । भारतभर लोकसभा चुनाव सात चरणमा गरिएको हो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ । आइतबार ८ राज्यमा ५९ […]


यस्तो वडा जहाँ मासु खाए वा किनबेच गरे ५० हजार जरिवाना

गाेरखा, ५ जेठ – गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ। र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ।  ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ,’ चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले […]


जेठ १० देखि एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुँँदै

काठमाडौं, ५ जेठ यही जेठ १० गते देखि राजधानी काठमाण्डौमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले सनिबार राजधानीमा पत्रकार सम्मेलन गरि ‘एक्सपर्ट पीएम कप’ को तेश्रो संस्करण बारे जानकारी गराएका हुन् । जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगिताका खेलहरु र्कीतिपुर र मुलपानी खेल […]


हाेसियार ! सानै उमेरमा बच्चालाई स्कुल पठाउनु धेरै घातक

काठमाडौँ, ५ जेठ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ ।  शहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पु¥याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको […]


प्रि बजेटमाथीकाे छलफल, कसले के भने ?

काठमाडौँ, ५ जेठ ।  प्रतिनिधिसभा, अर्थ समितिले मुलुकका विभिन्न भागमा पुगेर गरेको प्रि–बजेट छलफलमा आगामी बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रका सम्बन्धमा प्राप्त सुझाव समेटिएको प्रतिवेदन स्वीकृत गरेको छ ।      समितिको आजको बैठकले पारित गरेको २२ बुँद्दे उक्त प्रतिवेदनमा आगामी बजेटले दिनुपर्ने प्राथमिकता, सार्वजनिक खरीद कानूनको संशोधन, बजेट व्यवस्थापन, आयोजना व्यवस्थापन, उद्योग प्रवर्द्धनसम्बन्धी विषयवस्तु समेटिएको छ ।      […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी