संसदमा अाज अार्थिक सर्वेक्षण पेश हुँदै

काठमाडौं,१३ जेठ । सरकारले चालु आर्थिक वर्ष २०७२/७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण बिहीबार संसद्मा पेस गर्दैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को बिहीबार बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए। सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा […]


फाइनान्स र इन्स्योरेन्सले भारी मात्रामा हकप्रद निस्कासन गर्दै !

काठमाडौं,१२ जेठ । सगरमाथा फाइनान्सले पूँजी वृद्धिका लागि भारी मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसै गरि हामा मर्चेण्टले पनि हकप्रद निष्काशन गर्ने भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सले पनि बोनस शेयर बितरणका लागि बुक क्लोजको मिति तोकेको छ । सगरमाथा फाइनान्सले पूँजी बिस्तार गर्नका लागि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार […]


१ करोड ६९ लाख कित्ता नयाँ सेयर बजारमा

काठमाडौ,११ जेठ । आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ । एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ […]


बैंक र सहकारीको ५ अर्ब बराबरको हकप्रद सेयर आउँदै

काठमाण्डौं, १० जेठ । बिकास बैंक र फाईनान्स कम्पनीहरुले मात्रै आगामी दिनमा कम्तिमा सवा पाँच अर्बको हकप्रद सेयर निस्कासन गर्ने भएका छन् । सेयर निस्कासनको निर्णयमा पुगिसकेका २१ बिकास बैंक र ९ फाईनान्स कम्पनीहरुको मात्रै हिसाव गर्दा यो रकम हुन आएको हो । काष्ठमाण्डप, अल्पाईन, मुक्तिनाथ, मितेरी, अरनिको, सुभेक्षा, वेस्टर्न लगायतका डेभलपमेण्ट बैंकहरुले हकप्रद सेयर […]


खानीखोला हाइड्रोपावरले सर्बसाधारणका लाग शेयर निष्काशन गर्दै

काठमाडौं,९ जेठ । खानीखोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले कुल निस्कासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको […]


‘कालो पोथी’को १४ करोडको पाइरेसी बिमा

‘कालो पोथी’ फिल्मको फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडको पाइरेसी बिमा गरेको छ। निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले विमा गरेको हो। कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ। ‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि’ भामले भने। […]


आगामी बजेट संविधान कार्यान्वयनमा केन्द्रित हुने-अर्थमन्त्री पौडेल

काठमाडौं,४ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेट नयाँ संविधान र संघीयताको कार्यान्वयनमा केन्द्रित हुने बताएका छन्। जेठ १५ गते ल्याउन लागिएको आर्थिक वर्ष(आव)२०७३/०७४ को बजेट नयाँ संविधानपछिकै पहिलो बजेट भएकोले यसले संविधान र संघीयता कार्यान्वयनलाई केन्द्रमा राख्ने उनले बताएका हुन्। ‘आगामी बजेटलाई नयाँ संविधानले नै मार्ग निर्देश गरेको छ,’ नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले मंगलबार […]


४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन

कर्णाली डेभलपमेन्ट बैंकले चार लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । बैकको हकप्रदमा वैशाख १३ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन् । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको तीनजिल्ले कर्णाली डेभलपमेन्ट बैंकले आइतबार सार्वजनिक सूचना जारी गरी हकप्रद […]


सरकारले पुनर्निर्माणका दातृ निकायसमक्ष अर्को योजना प्रस्तुत गर्यो

काठमाडौं,३१ वैशाख । भूकम्पको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण कार्य र पीडितका लागि आवासको व्यवस्था गर्न नसकेको सरकारले बिहीबार दातृ निकायसमक्ष अर्को योजना प्रस्तुत गरेको छ । सहयोगको प्रतिबद्धता जनाउनेले पनि भनेअनुरूप रकम नदिइरहेका बेला सरकारले ‘भूकम्प पश्चातको पुनर्निर्माणसम्बन्धी पञ्चवर्षीय योजनाको खाका’ दातासमक्ष प्रस्तुत गरेको हो । राजधानीमा आयोजित कार्यक्रममा दातृ निकायका प्रतिनिधिको उपिस्थितिमा प्रधानमन्त्री […]


१५ बर्षे बालिका ,जोे किशोर उमेरमै करोडौंको व्यापारी बनिन्

काठमाडौं, ३० बैसाख । आफ्नो चप्पलमा माछा कोरेर व्यवायमा पसेकी एक बालिका । तीन वर्ष पहिले, फोब्स म्यागजिनले उनलाई सर्वाधिक धनी १५ वर्षे बालिकाका रुपमा राखिसकेको छ । टेक्सस राज्यको गालभेष्टो आइल्याण्डमा जन्मिएकी उनी समुन्द्र र त्यसको किनारमा खेलेर हुर्किएकी थिइन् । उनका आमा बुवाले उनलाई समुन्द्र किनारमा घुम्न, पौडी खेल्न, माछा मार्न लिएर जान्थे । उनलाई चित्र […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का