के पायो देशले ? २६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट

 काठमाडौं,३० असार । प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ। मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा […]


ओडारमा होटेल , खाना खान आउनेहरु सन्तुष्ट

काठमाडौं,२९ असार । दैलेख र कालिकोटको सीमानामा रहेको कालीखोलातिर यहाँले जाने मौका पाउनु भएकोछ भने त्यहाँ यो दृश्य देख्नुहुनेछ । दुई बृद्धा आमाहरु आफूले पुस्तौंदेखि बस्दै आएको ओडारमा होटल संचालन गरिरहेका छन् । यहाँ खाना खान आउनेहरु पनि सन्तुष्ट देखिन्छन् । उखान नै छ, ‘जहां ईच्छा त्यहां उपाय’ यो जांगरिलाहरुको जिब्रोमा झुण्डिएको बोलिबचनको थेगो जस्तै […]


राशन कार्ड लागू गर्ने विषयमा समिति गठन

काठमाण्डौ । आपूर्ति मन्त्रालयले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न राशन कार्ड लागू गर्ने विषयमा अध्ययन गर्न छ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले यही २२ गतेको (मन्त्रिस्तर) निर्णयअनुसार उपभोक्तालाई दैनिक उपभोग्य वस्तुका सहज आपूर्तिका लागि आपूर्ति व्यवस्था महाशाखाका सहसचिव उत्तमप्रसाद नागिलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा सहकारी तथा गरिबी निवारण र […]


सेयर कारोबारका लागि अनिवार्य डिम्याट खाता

काठमाण्डौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि जस्तोसुकै सेयर कारोबारका लागि पनि अनिवार्य डिम्याट खाता चाहिने भनेपछि डिम्याट (विद्युतीय) खाता नहुनेले अब सेयर किन्न नपाउने भएका छन् । कम्पनीहरुले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य चाहिने भएको छ । बोर्डले डिम्याट खाता नभएकाहरुको आवेदन […]


त्रिभुवन विश्वविद्यालयमा १ वर्षको बैठक भत्ता खर्च ६ करोड १९ लाख

काठमाडौं, २६ असार । त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले आइतबार आफ्नो ५७ औं साधारण बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । त्रिविले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ५७ करोड ५३ […]


नेपाल वायु सेवा निगम जहाज बेच्दै

काठमाडौं, २६ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले अन्तर्राष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ७५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम संचालक समितिले स्वीकृति दिइसकेको जानकारी दिए । […]


शनिवारको दिनसमेत राजश्व बुझ्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवारको दिनसमेत राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । शुक्रबार सुचना जारी गर्दै केन्द्रीय बैंकले २५ गते शनिवार र ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो । राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र […]


मुल्यबृद्धि नियन्त्रण राष्ट्रवैंकको जिम्मेवारी भएको विज्ञहरुको भनाई

काठमाडौं,२३ असार । मूल्यवृद्धि नियन्त्रण नेपाल राष्ट्र बैंकको जिम्मेवारी भएको र आर्थिक वृद्धिको जिम्मेवारी सरकारको रहेको विज्ञहरुले बताएका छन्। बढ्दो मूल्य वृद्धिका कारण धेरै पैसाले कम सामान किन्न सकिने भएर पैसाको भ्यालु कम हुँदै जाने हुँदा रुपैयाँ कमजोर हुन नदिन पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नु प्राथमिकता रहेको उनीहरुको भनाइ छ। हाल मूल्यवृद्धि १० प्रतिशत […]


आकस्मिक रुपमा मन्त्री नै अनुगमनमा पुगेपछि व्यापारीहरुमा खैलाबैला

काठमाडौं, २१ असार । उपभोक्ताहरुले बजार मूल्य अचाक्ली भएको र गुणस्तरमा पनि मनपरि भएको भन्दै उजुरी गरेपछि वाणिज्य तथा आपूर्ती मन्त्री गणेशमान पुन आफैं अनुमनमा निस्कीए । आफूलाई जानकारी नै नदिई मन्त्रीकै नेतृत्वमा अनुगमनमा आएपछि व्यापारीहरुबीच खैलाबैला मच्चीयो । मन्त्री पुनको नेतृत्वको टोलीले मंगलबार विहानैदेखि अनुगमन थालेको थियो । उनको टोलीले कालीमाटी फलफूल तथा तरकारी […]


तीन लघु वित्तले सेयर जारी गर्दै

काठमाण्डौं ,२१ असार । तीन लघु वित्त संस्थाले ८ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । जसमध्ये सूर्योदय माइक्रो फाइनान्स, आरडीसी माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डबाट गत साता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् भने नेशनल माइक्रो फाइनान्सले जेठमा नै यो अनुमति पाइसकेको हो । नेप्सेका अनुसार, अहिले धितोपत्र बोर्डबाट स्वीकृति […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का