राहतको चामल बिक्रिमा

काठमाडौं,४ भदौं । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ। खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको छ। अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् […]


४ वटा उद्योगको नेपाल गुणस्तर चिह्न इजाजत खारेज

काठमाडौं, ३ भदौ गुणस्तर तथा नापतौल विभागले विभिन्न ४ उद्योगको नेपाल गुणस्तर (एनएस) चिह्न इजाजत खारेज गरेको छ । समयमा नवीकरण नगरेका कारण ती उद्योगले लिएका अनुमति पत्र खारेजीमा परेका हुन् । विभागका अनुसार गुणस्तर इजाजत खारेज गरिएकामा काठमाडौं स्टिल, जय मंगलम सिमेन्ट, जेबिएस इन्डस्ट्रिज र सूर्य एग्रोको एनएस छन् । तीन दिनअघि गुणस्तर इजाजत […]


यस्तो गरे ऊर्जामन्त्री जनार्दन शर्माले पहिलो काम

काठमाडौं, ३ भदौ । सरकारले राष्ट्रिय प्राथमिकतामा परेका  तीनवटा प्रसारण लाइन निर्माण गर्न बर्खाको समयमा पनि वन क्षेत्रमा प्रवेश गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले हेटौडा–ढल्केबर–दुहबी ४०० केभी, हेटौडा– बर्दघाट २२० केभी र भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइन निर्माण गर्दा साउन, भदौ, असोजमा वन क्षेत्रमा प्रवेश गर्न दिने निर्णय गरेको हो । तीनवटा […]


नेपाल बायु सेवा निगमले ९८ प्रतिशत उडान लक्ष्य पुरा, ४ वर्षपछि नेपाल एयरलाइन्सको दुबईमा सीधा उडान

काठमाडौं, २ भदौ । नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तरराष्ट्रिय उडान गरेको छ। निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो। बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः […]


अर्थसचिवको खान्की -तारे होटल द्धारीकाजबाट आउँछ

काठमाडौं,१ भदौ । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो । अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ […]


पुनर्निर्माणका लागि भारतीय सहायता ‘राष्ट्रसंघमार्फत’

काठमाडौं,३२ साउन । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न आफूले व्यक्त गरेको प्रतिवद्धताअनुसारको सहायता रकम संयुक्त राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव भारतले नेपाल सरकारसमक्ष ल्याएको छ। नेपालका सरकारी संरचना कमजोर रहेको र उनीहरुका कामकारबाही प्रभावकारी हुन नसकेको भन्दै भारतले पुनर्निर्माणका लागि व्यक्त प्रतिवद्धताको रकम राष्ट्रसंघमार्फत खर्च गराउने प्रस्ताव ल्याएको हो। ‘पुनर्निर्माणका लागि भारतले व्यक्त गरेको प्रतिबद्धताको रकम […]


खाना र भत्ताबापत ४ सय रुपैयाँ दिइने

काठमाडौं,३२ साउन । व्यवस्थापिका-संसदका समितिहरुको बैठकमा अबदेखि सांसदले खाजा-खाना नपाउने भएका छन्।  संसद सचिवालयले १ भदौदेखि लागू हुने गरी साँझ-बिहान बैठक बस्दा उपलब्ध गराउँदै आएको खाना-खाजा उपलब्ध नगराउने निर्णय गरेको हो। यसअघि सांसदले संसदका समितिको बिहान ९ बजे अगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाना र खाजाको व्यवस्था गरिँदै अाएको थियो। सभामुख […]


नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकास – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३१ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकारले काम गर्ने स्पष्ट पारेका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीको नीजि सचिवालयले उल्लेख गरे अनुसार प्रचण्डले आर्थिक विकास बिना मुलूकका अन्य उपलब्धिहरु संस्थागत हुन कठिन भएको बताएका थिए […]


मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन हुँदै

काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई एक बराबर १ दशमलव ५ अर्थात १५० प्रतिशत सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले आउँदो भदौ १६ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम […]


६५ हजार सिलिण्डर गुणस्तरहीन

काठमाडौं,३० असार । खाना पकाउने ग्यास सिलिण्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिण्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्उास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिण्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छन् ।’ २०२६ मा नेपाल […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का