बुधबारदेखि २५ मेगावाट बिजुली थपिंदै

काठमाडौं, १६ माघ केन्द्रीय प्रशारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगवाट बिजुली ल्याउन लागेको हो । यसअघि विद्युत् प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रशारण लाइनबाट […]


सूचना प्रविधि मेला क्यान इन्फोटेक सुरु

काठमाडौ, १३ माघ । सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सुुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बिहिबार एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले मेलाको उदघाटन गरेका हुन् । मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुका २ सय २२ स्टल रहेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा हरेक वर्ष हुने मेलामा विभिन्न […]


भन्सार नीतिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता

काठमाडौ, १३ माघ । अर्थ मन्त्रालयले भन्सार नीतिलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले करको दरसम्बन्धि व्यवसायीहरुको गुनासो पनि आगामी वर्षको बजेटमा सम्बोधन हुने प्रतिवद्धता व्यक्त गरे । ६५ आंै अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री महराले सरकारले व्यवसायीहरुले दिएका करको दरसम्बन्धि […]


राष्ट्रिय बाणिज्य बैंक ओखलढुंगा शाखाको १ अर्व २० करोड निक्षेप ।

ओखलढुंगा, १० माघ । राष्ट्रिय बाणिज्य बैंक ओखलढुंगा शाखाको १ अर्व २० करोड निक्षेप रहेको छ । आज राष्टिय बाणिज्य बैंकको ५२ औ बार्षिकउत्सवको अवसरमा जिल्ला शाखाले प्रगति सार्वजनीक गर्दै जिल्ला शाखाको हासम्म १ अर्व २० करोड निक्षेप रहेको बताएको हो । शाखाले ३० करोड कर्जा प्रवाह गरेको शाखा प्रबन्धक सुमन आचार्यले जानकारी दिए । […]


जलविद्युतको क्षेत्रमा जनताकै लगानी हुन्छ : उर्जा मन्त्री शर्मा

काठमाडौ, ११ माघ । उर्जा मन्त्री जनार्दन शर्माले मुलुकलाई समृद्ध बनाउन नेपालको पानी जनताको लगानीसम्बन्धि अवधारणा अघि सार्नु परेको बताएका छन् । मन्त्री शर्माले जलविद्युत क्षेत्रमा लगानी गर्ने पैसा नेपाली जनतासँगै रहेको प्रमाणित गरेर देखाउने दावी समेत गरे । अष्ट ज अभियानले काठमाडांैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई अघि बढाएको […]


ललितपुरमा मोवाइल मेला

काठमाडौ, १० माघ । ललितपुरमा माघ १४ देखि मोबाइल मेला सुरु हुने भएको छ । लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना हुने मेलामा विभिन्न ब्राण्डका मोबाइलका अत्याधुनिक सुविधासम्पन्न सेटहरु सुपथ मुल्यमा पाइने आयोजकले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी ग्रे मार्केटबाट आउने असुरक्षित र नक्कली मोबाइल सेटको व्यापारलाई निरुत्साहित पार्न पनि मेला आयोजना गरिएको जानकारी […]


समावेशी आर्थिक विकासको आधार नै कुनै पनि राष्ट्रको समृद्धिको मुख्य आधार हो : बैंकका देशीय निर्देशक केनिची योकोयामा

काठमाडौ, १० माघ । एशीयाली विकास बैंकले समावेशी आर्थिक विकासको ढाँचा तयार पार्न नेपाललाई सुझाव दिएको छ । बैंकका देशीय निर्देशक केनिची योकोयामाले समावेशी आर्थिक विकासको आधार नै कुनै पनि राष्ट्रको समृद्धिको मुख्य आधार भएको पनि उल्लेख गरे । काठमाडौंमा सोमबार आयोजित समावेशी आर्थिक वृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवा पलायन रोक्ने सके नेपालको […]


सबै नागरिकलाई उद्यमी बन्न आह्वान

काठमाडौ, ९ माघ । उद्योग मन्त्री नविन्द्रराज जोशीले मुलुकलाई समृद्ध बनाउन सबै नागरिकलाई उद्यमी बन्नुपर्ने आवश्यक्ता औल्याएका छन् । आईताबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री जोशीले सहिद दिवसको अवसर पारेर सरकारले सबै नागरिक उद्यमी बन्न सक्दा मात्रै सहिदहरुको सच्चा सम्मान हुने अवधारणा अघि सारेको स्पष्ट पारे । उनले मुलुकलाई समृद्ध बनाउन सकेमात्रै सहिदहरुप्रति सच्चा […]


पुननिर्माण प्राधिकरणलाई २८ अर्व रुपैयाँ निकासा

काठमाडौ, ९ माघ । अर्थमन्त्रालयले भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्न पुनर्निमाण प्राधिकरणलाई २८ अर्ब रुपैयाँ निकासा गरिसकेको जनाएको छ । प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि लामो समय देखि रकम ताकेता गरेपनि नपाएको भन्दै गुनासो गरिरहेका बेला अर्थले आवश्यक रकम विनियोजन गरिसकेको जनाएको हो । उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले दोस्रो किस्ताको अनुदान […]


बंगलादेश व्यापार मेलामा झण्डै साँढे ८ करोडको कारोबार

काठमाडौ, ९ माघ । बंगलादेश व्यापार मेलामा झण्डै साँढे ८ करोड कारोबार भएको छ । पाँच दिनसम्म चलेको मेलामा ६० हजार भन्दा बढि अवलोकनकर्ता सहभागी भएको पनि व्यवसायीहरुले बताएका छन । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप आयोजना गरिएको मेलामा बंगलादेशका गार्मेन्ट, अटोमोबाइल, विद्युतीय सामाग्री, घरेलु प्रयोगका सामाग्री, निर्माणमा प्रयोग हुने सामाग्री, सेरामिक्स लगायतका स्टल राखिएको थियो । […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का